A+ A A-

लोकतन्त्रलाई बचाउन काग्रेस र राप्रपा गठवन्धनलाई जिताउनु पर्ने

गोविन्द घर्ती
Image may contain: 11 people
कार्तिक ३० । लोकतन्त्रलाई संस्थागत गर्न सकेमात्र देशको विकास हुने खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाकले बताउनु भएको छ ।

रुपन्देहीको क्षेत्र नं १, का प्रतिनिधि सभा उम्मेदवार समेत रहनु भएका नेता रज्जाकले अहिलेको प्रमुख लडाई भनेको लोकतन्त्रको रक्षाको लागि भएकोले लोकतन्त्रलाई बचाउन काग्रेस र राप्रपा वीच भएको लोकतान्त्रिक गठवन्धनलाई जिताउनु पर्नेमा जोड दिनु भयो । संयुक्त लोकतान्त्रिक गठवन्धन क्षेत्र नं १, देवदह–५, को प्रचार प्रसार कार्यालय उद्घाटन तथा आमभेलामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले संविधान निर्माणमा आफुले महत्वपूर्ण भूमिका खेलेको बताउदै संविधान कार्यान्वयनको लागि लोकतान्त्रिक गठवन्धनका उम्मेदवारले जित्नु पर्नेमा जोड दिनु भयो । आफुले रुपन्देहीको क्षेत्र नं १, बाट निर्वाचित भएपछि विकास निर्माणले फड्को मारेको र वाकी रहेका कामहरु सम्पन्न गर्न पुनः आफुलाई जिताउन आग्रह गर्नु भयो । प्रतिनिधि सभा निर्वाचनमा आफुले जितेमा क्षेत्र नं १, को विकासको लागि गुरुयोजना निर्माण गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपाली काग्रेसका जिल्ला सभापति समेत रहनु भएका नेता रज्जाकले देवदहमा रहेका ऐतिहासिक स्थलको संरक्षण, संम्वद्र्धन र उत्खनन् गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नं १, प्रदेशसभा १ का उम्मेदवार ताहिर अलीले संविधान कार्यान्वयन गर्न नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक वीच लोकतान्त्रिक गठवन्धन गरी निर्वाचनमा होमिएको बताउनु भयो । उहाले निर्वाचन क्षेत्र नं १, मा प्रतिनिधि सभा र प्रदेशसभामा लोकतान्त्रिक गठवन्धनले जित्ने दावी गर्नु भयो । उहाले वामगठवन्धन लोकतन्त्र समाप्त गर्ने खेलमा लागको आरोप लगाउदै लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागे आफै समाप्त हुने चेतावनी दिनु भयो ।

सोही अवसरमा अर्जुन लम्साल संयोजक र राजकुमार श्रेष्ठ सहसंयोजक रहेको निर्वाचन प्रसार प्रसार समिति गठन गरेको छ । नेपाली काग्रेसका वडा सभापति अर्जुन लम्सालको अध्यक्षता, राजकुमार श्रेष्ठको स्वागत र भेषकुमारी लामिछानेको संचालनमा भएको कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी