A+ A A-

एमाले र माओवादी केन्द्रको वामगठवन्धनले घरदैलो कार्यक्रम शुरु

गोविन्द घर्ती
Image may contain: 6 people, people smiling, people standing

कार्तिक २९ । रुपन्देहीको निर्वाचन क्षेत्र नं १, मा एमाले र माओवादी केन्द्रको वामगठवन्धनले घरदैलो कार्यक्रम शुरु गरेको छ ।

देवदह नगरपालिकाको वडा नं १ र २ बाट वामगठवन्धनले घरदैलो कार्यक्रम शुरु गरेको हो । सो अवसरमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले निर्वाचन पछि वामगठवन्धनले दुई तिहाईको सरकार गर्ने दावी गर्नु भयो । रुपन्देहीको क्षेत्र नं १, प्रतिनिधि सभा उम्मेदवार समेत रहनु भएका विश्वकर्माले लोकतन्त्रलाई संस्थागत गर्दै संविधान कार्यान्वयन गर्न वामपन्थीहरु वीच वामगठवन्धन गरेको बताउनु भयो । नेता विश्वकर्माले प्रतिनिधिसभा र प्रदेश सभमा वामपन्थीहरुको सरकारले सामाजिक भत्ता २ हजारबाट ५ हजार पुर्याउने दावी गर्नु भयो । उहाले रुपन्देहीको क्षेत्रलाई नं १, लाई लुम्विनीको बृहत्त योजनामा समावेश गरी विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नं १ लाई देशको नमुना क्षेत्रको रुपमा विकास गर्न वामगठवन्धनको जीत आवश्यक रहेको बताउदै यस क्षेत्रलाई कृषि र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाले आफु कृषिमन्त्री रहदा कृषि क्षेत्रमा राम्रो काम गरेको तर प्रतिक्रियावादीका कारण त्यो काम पुरा गर्न नसकिएको बताउनु भयो । नेता विश्वकर्माले युवाहरुलाई बैदिशक पलायनका रोक्न वामपन्थीको सरकारले विशेष योजना ल्याएर युवाहरुलाई स्वदेश मै रोजगार प्रदान गर्ने दावी गर्नु भयो । सोही अवसरमा बोल्दै क्षेत्र नं १, प्रदेशसभा १ का उम्मेदवार डा. कृष्ण न्यौपानेले समृद्धि राष्ट्र निर्माणको लागि वामपन्थीहरु वीच वामगठवन्धन गरी निर्वाचनमा होमिएको बताउनु भयो । उहाले देवदह नगरपालिका तथा क्षेत्र नं १ लाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा चिनाउन आफुले पहल गर्ने बताउदै त्यसको लागि वामगठवन्धनका उम्मेदवारलाई जिताउन आम मतदाताहरुलाई आग्रह गर्नु भयो । घरदैलो कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ता, आमनागरिकहरुको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमलाई निरन्तरता दिने वामगठवन्धनले जनाएको छ ।
 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी