A+ A A-

तमु प्ये ल्हु संघ कतार शाखाका याम त्होर्जे तमुलाई मिलन डीजीको स्वागत

रुद्र श्रीसमगर
Image may contain: 5 people, people standing

पोखरा, कात्तिक २८ -  तमु प्ये ल्हु संघ कतार शाखाका कार्यसमिति सदस्य याम त्होर्जे तमुलाई मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले स्वागत गरेको छ ।

मिलन डी.जी. इन्टरनेशनलकी प्रबन्ध निर्देशक देउकी सिंजाली (दिपिका)ले आइतबार तमुलाई मिलन डी.जी.को आफ्नै कार्यालयमा स्वागत गर्नुभएको हो । मिलन डी.जी.को प्रस्तुती रहेको चलचित्र भेडी गोठाले प्रदर्शन सफल बनाएकोमा प्ये ल्हु संघ कतार शाखालाई प्रबन्ध निर्देशक सिंजालीले आभार समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा तमुले चलचित्र प्रदर्शनको अवसर दिएर सामाजिक कार्यमा हातेमालो गर्ने मौका दिएकोमा मिलन डी.जी.प्रति धन्यवाद दिनुभयो । साथै, तमु प्ये ल्हु संघ कतार शाखाको तर्फबाट मिलन डी.जी.लाई मायाको चिनो र सम्मापनपत्र समेत हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा सो चलचित्रकी नायिका खुशी तमुस्योलाई कतार पुगेर चलचित्र प्रदर्शन सफल बनाइ स्वदेश फर्किएको भन्दै बधाई ज्ञापन समेत गरिएको थियो ।

मिलन डी.जी. इन्टरनेशनलका प्रचारप्रसार संयोजक एवं पत्रकार रुद्रबहादुर श्रीसले तमु प्ये ल्हु संघ कतार शाखाले तमु जातिको मौलिक बोन धर्मको प्रचारप्रसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो । चलचित्र ‘भेडी गोठाले’को कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ हुनुहुन्छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी