A+ A A-

बागलुङ र कास्कीका वाम उम्मेदवार एकै ठाउँ

वाम उम्मेदवार जिताउन जिल्ला फर्कन वामपन्थी मञ्चको आÞवान

रूद्र श्रीसमगर

पोखरा, कात्तिक २५ - शनिबार पोखरामा बागलुङ र कास्की जिल्लाका वाम गठबन्धनका उम्मेदवार एकै ठाउँमा भेला भए । यो संयोग भने बागलुङ–पोखरा वामपन्थी मञ्चले जुराएको हो ।

मञ्चले आयोजना गरेको विशेष चुनावी सभामा उपस्थित पोखरामा बस्ने झण्डै पाँच सय बढी बागलुङेहरूका बीचमा वाम गठबन्धनका उम्मेदवारहरूले वामपन्थीलाई जिताउन आ–आफ्नो ठाउँमा लाग्न आग्रह गरे । उनीहरूले बागलुङलाई वामपन्थी किल्ला बनाउन पोखरामा बसोबास गर्ने बागलुङे मतदातालाई जिल्ला फर्कन आÞवान पनि गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै वाम गठबन्धनका प्रतिनिधिसभातर्फका कास्की क्षेत्र नं. २ का साझा उम्मेदवार रविन्द्र अधिकारीले स्थायी र सबल सरकार निर्माणका लागि वामपन्थीको जित आवश्यक भएको बताउनुभयो । ‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनको जित आवश्यक छ’, अधिकारीले भन्नुभयो, ‘अब नेपालमा वामपन्थीहरूको बलियो सरकार आवश्यक छ ।’

‘हामी राष्ट्रिय पुँजीको विकास गर्न चाहन्छौं’, उहाँले भन्नुभयो, ‘आर्थिक क्रान्ति गरेर हामी नेपालमा समाजवाद ल्याउन चाहन्छौं ।’ राष्ट्रिय पूर्वाधारको विकास गरेर देश विकसित बनाउन चाहेको उल्लेख गर्दै नेकपा (एमाले)का युवा नेता अधिकारीले वामपन्थीका लागि अहिले अन्तिम मौका भएको बताउनुभयो ।

वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा (ख)का साझा उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले कम्युनिष्टहरू एउटै धुरीमा उभिन आवश्यक भएकोमा जोड दिनुभयो । ‘अब नेपालका सबै कम्युनिष्टहरू एउटै धुरीमा उभिन आवश्यक छ’, नेकपा (माओवादी केन्द्र)का युवा नेता करणले भन्नुभयो, ‘जनमतको सम्मान गर्दै नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनुको विकल्प छैन ।’ नेता करणले बागलुङ जिल्ला वामपन्थीहरूको किल्ला भएको बताउँदै वाम गठबन्धनलाई जिताएर वामपन्थीको विरासत कायम राख्न अपिल पनि गर्नुभयो ।

बागलुङ क्षेत्र नं. २ को प्रदेशसभा (क)का वाम गठबन्धनका साझा उम्मेदवार चन्द्रबहादुर बुढा ‘सागर’ले स्थिरता र विकासका लागि वाम गठबन्धनको विजय आवश्यक भएको बताउनुभयो । ‘नेपालको स्थिरता र विकासका लागि वाम गठबन्धनको विजय आवश्यक छ’, नेता सागरले भन्नुभयो, ‘देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सुशासन कायम गर्नका लागि वाम गठबन्धनको निर्माण भएको हो ।’ बागलुङ र कास्कीको भावनात्मक सम्बन्ध रहेको भन्दै नेता सागरले बागलुङका वाम उम्मेदवारहरू जिताउन पोखरामा बसोबास गर्ने बागलुङेहरूको महŒवपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख)का वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले वाम गठबन्धनलाई जिताउन पोखराका बागलुङेहरूलाई जिल्ला आउन आÞवान गर्नुभयो । कास्की क्षेत्र नं. ३ प्रदेश सभा (क)का वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज रामजी बराल ‘जीवन’ले वाम गठबन्धनलाई जिताउन सबै मेहनतपूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सभामा कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, नेकपा (एमाले) बागलुङका पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, जिल्ला समन्वय समिति, बागलुङका प्रमुख राजेन्द्र ढुड्डाना, राष्ट्रिय जनमोर्चाका तर्फबाट कास्की क्षेत्र नं. १ प्रदेशसभा (क)का उम्मेदवार दीपककुमार थापा ‘विक्रम’, वाम बुद्धिजीवी प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’लगायतले वाम गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरू विष्णु खत्री, तारानाथ आचार्य, पूर्ण परियार, ईश्वर सिंह, रेशम निर्दोष, सीता परियार र चाहना श्रीले आफ्नो सांगीतिक प्रस्तुतीमार्फत् वाम गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।

मञ्चका संयोजक कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य आकाश गौतम र अर्का सचिवालय सदस्य फरेन्द्र थापामगरले स्वागत गर्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी