A+ A A-

मगर साहित्यमा मगरपन विषयक गोष्ठि तनहुँको मगर होम स्टे अलैँचेमा सम्पन्न

मगरपनको खोज गाउँकेन्द्रित हुनु पर्नेमा प्राज्ञ श्रवण मुकारुङ्को जोड,
विनोद रखाली मगर

Image may contain: one or more people, people standing and people sittingतनहुँ, कात्तिक २५ - पछिल्लो समय मातृभाषामा साहित्य लेखन , प्रकाशन तथा सरंक्षणका लागी विभिन्न सस्थांहरु तातिएको अवस्थामा तनहुँको व्यास नगरपालिका वडा न. ७ मगर होम स्टे अलैंचेमा मगर साहित्यमा मगरपन र मगर साहित्यको अवस्था तथा चुनौति विषयक एक दिने गोष्ठि सम्पन्न भएको छ । मगर भाषाका आदिकवि जितवहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजना र नेपाल मगर लेखक संघ प्रदेश न. ४ को सह आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको उक्त गोष्ठिमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ्ले आदिवासी समुदायको जिवित पहिचान भनेकै मातृभाषा र संस्कृती रहेकाले पछिल्लो समय आधुनिकीकरणले भाषा र सस्ंकृती धरापमा पर्दै गइरहेकाले संरक्षण र जगेर्ना आजको आवश्यक्ता रहेकोमा जोड दिनुभयो । प्राज्ञ मुकारुङ्ले मगरपनको संस्कृती र भाषा खोज्न गाउँ गाउँ जान मगर साहित्यकारहरुलाई आग्रह गर्दै भाषा साहित्यको खोज र विकाशका लागी गाउँ क्षेत्रका समुदायलाई अग्रसर गराउन यी कार्यक्रमले रचनात्मक भुमिका खेल्नेमा आशा व्यक्त गर्नुभयो ।

यता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सचिव तथा नेपाल मगर संघका पूर्व महासचिव , मगर भाषाका बरिष्ठ साहित्यकार लोक वहादुर थापा झुस्या मगरले मातृभाषामा साहित्य लेखक भन्दा पाठक वर्ग पाउन मुस्किल भएको तितो यर्थाथ सुनाउदै मातृभाषा प्रतिको मोह जगाउन युवा पुस्ताहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उक्त गोष्ठिमा नेपाल मगर लेखक संघ केन्द्रीय समितिका पूर्व महासचिव उजिर राना मगर ,म्याग्दे गाउँपालिका प्रमुख मायादेवि राना मगर, म्याग्दे गाउँपालिका वडा न. ३ का अध्यक्ष श्री वहादुर थापा मगर, नेपाल मगर लेखक संघ रोल्पा जिल्ला समितिका अध्यक्ष दिपक वैरागी, संस्कृतीकर्मी दान वहादुर थापा, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष विष्णु मास्की, मगर संघ तनहुँका जिल्ला सदस्य रिमा आले मगर , मगर भाषामा शिक्षक तथा लेखक इन्द्र वहादुर थापा मगर, मगर गुठ समितिका अध्यक्ष नर वहादुर थापा मगर लगाएतले मगर भाषामा साहित्य बाचन तथा मगर भाषाको अवस्थाको विषयमा वोल्नुभएको थियो ।

मगर समुदायमा बोलिने तिन भाषिका अन्तरगत अठार मगरात क्षेत्र अन्तरगत बोलिने मगर खाम भाषामा साहित्यकार समिप वैरागी झाँक्री मगर, पत्रकार एवम् चलचित्र निर्देशक अनिल बुढा मगरले रचना प्रस्तुत गर्नुभएको थियो । यता चर्चित गितकार रावत तामाङ् , चर्चित गायक कुमार गुरुङ्, दुतेन्द्र चाम्लीङ् राई लगाएतले आफ्नो रचना सहित गित प्रस्तुत गर्नुभएको थियो ।

मगर साहित्यको अवस्था र चुनौति बिषयमा साहित्यकार तथा मगर भाषाका चलचित्र निर्देशक सन्जोग लाफा मगर , मगर भाषाका वरिष्ठ साहित्यकार लोकवहादुर थापा झुस्या मगरले प्रस्ट पार्नुभएको थियो । विभिन्न जिल्लाका मगर भाषाका साहित्यकार, चलचित्रकर्मीहरु र बौद्धिक वर्गको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रममा मगर होम स्टे अलैँचेका आमा समुहले मौलिक झाँकी तथा संस्कृतीहरु प्रस्तुत गरेको थियो । जित वहादुर सिंजाली साहित्य प्रतिष्ठानका अध्यक्ष सन्जोग लाफा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन नेपाल मगर लेखक संघ प्रदेश न. ४ का अध्यक्ष गिता थापा मगरले गर्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी