A+ A A-

समानता र समृद्धि राष्ट्र निर्माणको लागि राष्ट्रिय जनमुक्ति पार्टीको विजयी आवश्यक:जिल्ला अध्यक्ष गुरुङ्ग

गोविन्द घर्ती

कार्तिक २३ । समानता र समृद्धि राष्ट्र निर्माणको लागि राष्ट्रिय जनमुक्ति पार्टीको विजयी आवश्यक रहेको राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताउनु भएको छ ।

उहाले संविधान त्रुटिपूर्ण रहेकोले संविधान संशोधनको आवश्यक रहेको बताउनु भयो । रुपन्देहीको देवदह–५, मा राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगरसमितिद्धारा आयोजित सभामा बोल्दै अध्यक्ष गुरुङ्गले उक्त कुरा बताउनु भएको हो । उहाले जनमुक्ति जीत विना आदिवासी जनजाति, मधेशी, दलित र पिछडा वर्गको अधिकार स्थापित हुन नसक्ने बताउदै त्यसको लागि राष्ट्रिय जनमुक्ति पार्टीले निर्वाचनमा भाग लिएको बताउनु भयो । उहाले एकदलिय शासन व्यवस्थाका कारण देश अहिले भ्रष्टचार बढिरहेको बताउदै भ्रष्टचारीलाई देशद्रोहको मुद्दा लगाउनु पर्नेमा जोड दिनु भयो । रुपन्देहीको निर्वाचन क्षेत्र नं १, प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार समेत रहनु भएका नेता गुरुङ्गले ठूला राजनैतिक दलहरुले झुठो आश्वासन दिएर नेपाली जनतालाई भ्रममा पार्ने काम गरेको आरोप लगाउनु भयो ।

सोही अवसरमा बोल्दै राष्ट्रिय महिला मोर्चाका केन्द्रिय उपाध्यक्ष एवं निर्वाचन क्षेत्र नं १, प्रदेशसभा १ का उम्मेदवार लिलमाया रानाले महिलाहरुको अधिकार स्थापित गर्न आफुले उम्मेदवारी दिएको बताउनु भयो । उहाले अहिलेको लडाई भनेको पहिचान र अस्तित्वको लडाई भएकोले यस तर्फ सचेत रहन आग्रह गर्नु भयो । उहाले हरेक क्षेत्रमा सम्पूर्ण जातजातिको समानुपातिक प्रतिनिधितवले मात्र देशमा अमन चयन, शान्ति र समृद्धि कायम हुनेमा जोड दिनु भयो ।

पार्टीका नगर अध्यक्ष डम्वबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य होमबहादुर डिसुवा, सुवास गुरुङ्ग, पदमबहादुर हुन्चुङ्ग, क्षेत्रीय अध्यक्ष प्रेम थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष हरिप्रसाद सारुको स्वागत र सचिव मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी