A+ A A-

वामगठवन्धन द्धारा क्षेत्रीय निर्वाचन परिचालन कमिटीको बैठक रुपन्देहीमा सम्पन्न गर्यो ।

गोविन्द घर्ती

कार्तिक २३ । मुलुकलाई अग्रगामी तर्फ लैजान वामगठवन्धनको आवश्यकता परेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं १, रुपन्देहीको निर्वाचन परिचालन सचिवालयको बैठकलाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । प्रतिनिधि सभा क्षेत्र नं १, का उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले विनर्वाचन क्षेत्र नं १, रुपन्देही परिणामका हिसावले पनि एक नम्वर हुने दावी गर्नुभयो । विभिन्न दलका रुपमा क्रियाशिल वामपन्थीहरु एउटै गठवन्धनमा समाहित हुदा जनताहरुमा उत्साह थपिएको बताउदै नेता विश्वकर्माले दुवै पार्टीका कार्यकर्ताहरु पार्टीको निर्देशनलाई बोकेर जनताकोमा पुग्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरी माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले आपसी असहमति र अन्तरविरोधलाई धाती राखेर वामपन्थी कार्यकर्ताहरु निर्वाचनको परिणाम हात पार्न लाग्नुपर्ने बताउनु भयो । क्षेत्र नं १, प्रदेश सभा २ का उम्मेदवार समेत रहनु भएका नेता न्यौपानेले अव कुनै पनि शक्तिले वामपन्थीहरुलाई रोक्न नसक्ने ठोकुवा गर्नुभयो । क्षेत्र नं १, प्रदेशसभा १ ,का उम्मेदवार डा. कृष्ण न्यौपानेले एक नम्वर क्षेत्रका जनताहरु वामपन्थीहरुलाई जिताउन आतुर रहेको बताउनु भयो । एमालेका प्रदेश कमिटी सदस्य समेत रहनु भएका नेता न्यौपानेले वामपन्थीहरुको जीतले मात्र जनताको भविष्य सुनिश्चित हुने ठोकुवा गर्नु भयो ।

क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक ऋषिराम सापकोटाको अध्यक्षतामा भएको बैठकले चुनावी अभियानको विभिन्न कार्यक्रमहरु तय गरिेको संयोजक सापकोटाले जनाकारी दिनु भयो । सहसंयोजक लेखनाथ न्यौपानेको संचालनमा भएको बैठकमा निर्देशक कमिटीका संयोजक गुणखर भूषाल, एमालेका पुर्वअञ्चल कमिटी सदस्य कविराम अर्याल लगायतले आ–आफना सुझावहरु राख्नु भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी