A+ A A-

वामगठवन्ध र लोकतान्त्रिक गठवन्धनले देशको समस्या समाधान गर्न नसक्ने

गोविन्द घर्ती

कार्तिक २२ । भ्रष्टचारको अन्त्य विना देशले फड्को मार्न नसक्ने रुपन्देहीको देवदह–६, सरनवारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले भ्रष्टचार गर्नेलाई देशद्रोहीको मुद्दा लगाउनु पर्नेमा जोड दिएका थिए । राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिद्धारा सरनवारीमा आयोजित कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष एवं विदेश विभाग प्रमुख कमला थापाले वामगठवन्ध र लोकतान्त्रिक गठवन्धनले देशको समस्या समाधान गर्न नसक्नेमा जोड दिनु भएको थियो । उहाले राष्ट्रिय जनमुक्ति पार्टीको सहभागिता विना देशमा शान्ति, अमन चयन, भ्रष्टचारको अन्त्य र आमनागरिकले अधिकार पाउन नसक्ने भन्दै बैकल्पिक शक्तिको रुपमा राष्ट्रिय जनमुक्ति पार्टी आएको दावी गर्नु भयो ।

नगर समितिका अध्यक्ष डम्वरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, जिल्ला अध्यक्ष तथा क्षेत्र नं १, रुपन्देहीका प्रतिनिधि सभा उम्मेदवार झमबहादुर गुरुङ्ग, प्रदेशसभा उम्मेदवार लिलमाया राना, खड्कबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रमले एलिसादेवी रानाको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा धनबहादुर राना, सचिवमा सिरन राना, कोषाध्यक्षमा देवी कनौजे, सहसचिवमा होमकुमारी सुनारी रहनु भएको छ । सदस्यहरुमा ज्ञानबहादुर घर्ती, लालकुमारी सिंजाली, मनकुमारी राना, खुमासरा वारघरे, लालवीर ठाडा, तेजकुमार ठाडा रहनु भएको सो पार्टीले जनाएको छ । मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी