A+ A A-

अखिल नेपाल महिला संघ महानगर समितिद्वारा निर्वाचन प्रचारप्रसार समिति गठन

रुद्र श्रीसमगर

पोखरा, कार्तिक २३ - नेकपा (एमाले)निकट अखिल नेपाल महिला संघ पोखरा लेखनाथ महानगर समितिद्वारा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

मंगलबार भएको भेलाले महानगर समिति अध्यक्ष गंगा कुँवरको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । त्यस्तै, भेलाले वडा नं. ३ मा पनि वाम गठबन्धन संयुक्त महिला प्रचारप्रसार समिति गठन गरेको छ । अखिल नेपाल महिला संघकी वडा अध्यक्ष राजकुमारी भुजेल संयोजक र माओवादी केन्द्रनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की सुमिता बस्नेत सह–संयोजक रहने गरी २ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी