A+ A A-

पौडेल दाजु बहिनीद्वारा एपी ग्यालरी एण्ड क्राफ्ट शुभारम्भ

रुद्र श्रीसमगर

पोखरा, कार्तिक २३ - पोखरा लेखनाथ–२२, पुम्दीभुम्दीका दाजु बहिनीले एपी ग्यालरी एण्ड क्राफ्ट पसल सञ्चालनमा ल्याएका छन् ।

वैदेशिक रोजगारीका शिलशिलामा दक्षिण कोरिया पुगेर नेपाल फर्किएका दाजु राज पौडेल र बहिनी फेवा टेलिभिजनकी समाचारवाचिका एवं लोक तथा दोहोरी गायिका सरिता पौडेलले संयुक्त लगानीमा पसल सञ्चालनमा ल्याउनुभएको हो ।

पोखरा लेखनाथ–४, गैह्रापाटन, सर्वेश्वरमार्गमा स्थापित सो पसलको सोमबारदेखि शुभारम्भ गरिएको हो । विदेशमा कमाएको धनको सदुपयोग र स्वदेशमै लगानी गरी केही गरौं भन्ने उद्देश्यले पसल सञ्चालनमा ल्याएको सञ्चालक राज पौडेलले बताउनुभयो ।

पसलमा हुक्का, गुडिया, फूल, बर्थडेसम्बन्धी सम्पूर्ण सामग्री, घडी, चस्मा, फोटो फ्रेम, खेलौनालगायत विभिन्न गिफ्टहरू होलसेल तथा खुद्रा बिक्री गरिने सञ्चालिका एवं सञ्चारकर्मी सरिता पौडेलले बताउनुभयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी