A+ A A-

लखन सहकारीको सञ्चालक समितिले पूर्णता पायो

रूद्र श्रीसमगर
पोखरा, कार्तिक २३ - पोखरा लेखनाथ–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको छ । गत असोज २८ गते सम्पन्न सहकारीको नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पदपूर्ति गर्न बाँकी रहेका पदलाई मंगलबार बसेको सञ्चालक समिति बैठकले पूर्णता दिएको हो ।

जसमा सहकारीको अध्यक्षमा पूर्णबहादुर राना, उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा डिलबहादुर श्रीस, सह–सचिवमा गोविन्द थापा र कोषाध्यक्षमा झपटबहादुर राना रहनुभएको छ । त्यसैगरी, सञ्चालक समिति सदस्यहरूमा चिजमाया थापा, जुनुकुमारी पुन, पञ्चमाया थापा, नारायणसिंह मास्की, धनबहादुर राना र धनकुमारी डिसुवा रहनुभएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा शोभाखर थापा “कोपिला”, सदस्यहरूमा तिलबहादुर चितौरे “कुमार” र दुर्गा राना, ऋण उपसमिति संयोजकमा मीनबहादुर राना, सदस्यहरूमा गोपाल थापा “भूपाल” र दलबहादुर थापा, शिक्षा उपसमिति संयोजकमा यामबहादुर थापा, सदस्यहरूमा रूद्रबहादुर श्रीस र पुष्करराम सारू रहनुभएको छ ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी