A+ A A-

वाम गठबन्धनका आदिवासी जनजातिको प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन

रूद्र श्रीसमगर

पोखरा, कार्तिक २३ - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको वाम गठबन्धननिकट आदिवासी जनजातिहरूको भेलाले चार नम्बर प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम उम्मेदवारहरूलाई विजयी गराउन आदिवासी जनजातिहरूको भेलाले एमालेनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका चार नम्बर प्रदेश संयोजक ई. देउकाजी गुरुङको संयोजकत्वमा ६ सय ६१ सदस्यीय प्रादेशिक निर्वाचन परिचालन समिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा माओवादी केन्द्रनिकट आदिवासी जनजाति राष्ट्रिय महासंघका चार नम्बर प्रदेश संयोजक राजन कुमाल, सचिवमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका चेत गुरुङ, सह–सचिवमा राष्ट्रिय महासंघका यमीरत्न घलान र कोषाध्यक्षमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका राजकुमारी भुजेल रहनुभएको छ ।

त्यस्तै, मंगलबार सम्पन्न वाम आदिवासी जनजातिहरूको भेलाले कास्की जिल्लास्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष ओम गौचनको संयोजकत्वमा ५ सय १ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिको सह–संयोजकमा आदिवासी जनजाति राष्ट्रिय महासंघका लालकाजी गुरुङ, सचिवमा लोकतान्त्रिक महासंघका डीबी राई, सह–सचिवमा राष्ट्रिय महासंघका रूद्रबहादुर श्रीस रहनुभएको छ । त्यस्तै, कास्की क्षेत्र नं. १ को निर्वाचन परिचालन समिति संयोजकमा कर्णबहादुर थापा, सह–संयोजकमा मोहन गुरुङ, सचिवमा प्रकाश भुजेल, सह–सचिवमा तोरण गुरुङ, सदस्यहरूमा लोकबहादुर राना, बाबुलाल तामाङ रहनुभएको छ ।
क्षेत्र नं. १ को (क)को संयोजकमा पूर्ण ह्योल्मो, सह–संयोजकमा तोरण गुरुङ, सचिवमा बालकृष्ण गुरुङ, कोषाध्यक्षमा प्रेम पुन तथा सदस्यहरूमा सञ्जय गुरुङ, सिद्धमान तामाङ, बिलबहादुर भुजेल, एक्काजंग गुरुङ, सुरजकुमार गुरुङ, जसबहादुर गुरुङ रहनुभएको छ । क्षेत्र नं. १ (ख)को संयोजकमा मोहन गुरुङ, सह–संयोजकमा श्रीप्रसाद गुरुङ, सचिवमा बिलबहादुर भुजेल, सह–सचिवमा डिल्लीराम कुमाल, कोषाध्यक्षमा प्रेम गुरुङ रहनुभएको छ ।

त्यसैगरी, क्षेत्र नं. २ को संयोजकमा नगेन्द्र गुरुङ, सह–संयोजकमा प्रेम पुन, सचिवमा लालबहादुर राना, सह–सचिवमा यमीरत्न घलान, कोषाध्यक्षमा विष्णुमाया थापा, सदस्यहरूमा गुप्त गुरुङ, भक्तबहादुर भुजेल, बेनबहादुर गुरुङ, ज्ञानबहादुर राना, भाइराज राना रहनुभएको छ । क्षेत्र नं. २ (क)को संयोजकमा प्रेम थापा, सह–संयोजकमा प्रेम पुन, सचिवमा ज्ञानु भुजेल, सह–सचिवमा मनसुबा गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ, सदस्यहरूमा कमल भुजेल, रुकबहादुर गुरुङ, मनबहादुर थापा, कमल गुरुङ, खमबहादुर गुरुङ रहनुभएको छ । क्षेत्र नं. २ (ख)को संयोजकमा यमीरत्न घलान, सह–संयोजकमा पूर्णबहादुर भुजेल, सचिवमा प्रेम गुरुङ, सह–सचिवमा दिलमाया गुरुङ, कोषाध्यक्षमा कञ्चन गुरुङ, सदस्यमा गोपी हिराचनलगायत रहनुभएको छ ।

क्षेत्र नं. ३ को संयोजकमा राजकुमारी भुजेल, सह–संयोजकमा खड्गबहादुर गुरुङ, सचिवमा भरत कोने गुरुङ, सह–सचिवमा जितेन्द्र गुरुङ, सदस्यहरूमा रामकुमार राई, सगुन गुरुङ, खुशीमान तामाङ, बुद्धि गुरुङ, राजु गुरुङ, लक्ष्मण गुरुङ, राम गुरुङलगायत रहनुभएको छ । क्षेत्र नं. ३ (क)को संयोजकमा सुरेन्द्र गुरुङ, सह–संयोजकमा जितेन्द्र तामाङ, सचिवमा बाबुराम भुजेल, सह–सचिवमा क्षेत्रबहादुर गुरुङ, सदस्यहरूमा विकास गुरुङ, सुरेन्द्र गुरुङ, शंकर सैंजु, मीना गुरुङ, हिम गुरुङ, कुमार गुरुङलगायत रहनुभएको छ । क्षेत्र नं. ३ (ख)को संयोजकमा खड्गबहादुर गुरुङ, सह–संयोजकमा तर्कबहादुर तामाङ, सचिवमा भरत गुरुङ, सह–सचिवमा सम गुरुङ, कोषाध्यक्षमा असिम गुरुङ, सदस्यहरूमा रामहरि गुरुङ, विक्रम गुरुङ, दुर्गा गुरुङ, बुद्धिबहादुर गुरुङ, कर्ण गुरुङ, पदम गुरुङ, नरबहादुर गुरुङलगायत रहनुभएको छ ।

त्यसैगरी, भेलाले कास्की जिल्लास्तरीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । रूद्रबहादुर थापाको संयोजकत्वमा गठित प्रचारप्रसार समितिको सह–संयोजकमा रूद्रबहादुर श्रीस, सदस्यहरूमा सन्देश श्रेष्ठ, उमा आले, विनु थापा, मीना थापा, रोशनी गुरुङ, गीता राना तथा सल्लाहकारहरूमा दीपेन्द्र श्रेष्ठ, शान्ति गुरुङ, खेमबहादुर सारू, एमबी आस्था रहनुभएको छ ।

यसअघि, भेलामा सम्बोधन गर्दै वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला सह–संयोजक अशोक छन्त्याल “अर्जुन”, अर्का समानुपातिक उम्मेदवार एवं नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष झकबहादुर थापा, नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य लोकबहादुर थापा “धर्म” र युवा संघ नेपालका केन्द्रीय सदस्य एवं संगठन विभाग उपप्रमुख पूर्ण ह्योल्मोले वाम गठबन्धनलाई जिताउन आदिवासी जनजातिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी