A+ A A-

कम्यूनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन एमाले र माओवादी केन्द्र बिच वामगठवन्धन भएको होःछविलाल विश्वकर्मा

गोविन्द घर्ती
Image may contain: 7 people, people smiling

कार्तिक २३ । कम्यूनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन एमाले र माओवादी केन्द्र बिच वामगठवन्धन भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

देशको अग्रगामी विकासको लागि वामगठवन्धनको सरकार आवश्यक रहेको र सोही अनुसार नै वामपन्थीहरु बिच वामगठवन्धन गरेको दावी गर्नु भयो । रुपन्देहीको क्षेत्र नं १, का प्रतिनिधि सभा निर्वाचन उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले मुलुकलाई समृद्धि राष्ट्र निर्माण गर्न वामगठवन्धन गरेको बताउदै निर्वाचन पछि वामपन्थीहरुको दुईतिहाई बहुमत आउने दावी गर्नु भयो । रुपन्देहीको निर्वाचन क्षेत्र नं १, अन्र्तगत वामगठवन्धनको निर्वाचन परिचालन कमिटीको संयुक्त भेलालाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले वामपन्थीहरुको नेतृत्वमा गठन भएको सरकारले नया कामको शुरुवात गरेपनि प्रतिगामी तत्वहरुका कारण पुरा हुन नसकेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै नेकपा माओवादीका पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले देशलाई समाजवादको दिशा तर्फ बढाउन वामगठवन्धन भएको बताउनु भयो । रुपन्देहीको क्षेत्र नं १, अन्र्तगत २ नम्वर प्रदेश निर्वाचनका उम्मेदवार समेत रहनु भएको नेता न्यौपानेले वामपन्थी शक्तिहरुको सरकारले मात्र मुलकमा शान्ति र समृद्धि स्थापना गर्न सक्नेमा जोड दिनु भयो । नेपाली जनताले परिवर्तन, विकास चाहेको र त्यो पुरा गर्न एमाले र माओवादी केन्द्र वीच वामगठवन्धन भएको जिकिर गर्नु भयो ।

त्यसैगरी नेकपा एमालेका प्रदेश सदस्य एवं क्षेत्र नं १, को प्रदेश सभा निर्वाचन १ का उम्मेदवार डा. कृष्ण न्यौपानेले वामपन्थीहरुको बहुमत आउने डरले प्रतिक्रियावादीहरुले वामपन्थीहरुलाई तानाशाहको आरोप लगाएको बताउनु भयो । वामगठवन्धन क्षेत्र नं १, प्रदेश सभा निर्वाचन परिचालन कमिटीका संयोजक गोविन्द पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य विनोद उपाध्याय, संयुक्त वामगठवन्धन निर्वाचन निर्देशक कमिटीका संयोजक गुणखर भूषाल, समानुपातिक उम्मेदवार सरिता श्रीष, प्रमोद यादव, हिराकुमार निसाद, ऋषिराम सापकोटा लायतले आ–आफना भनाई राख्नु भएको थियो ।

मोतीलाल ढकालको स्वागत, सञ्जय गुप्ताको संचालन र नरसिंह चौधरीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमले गोविन्द पंगेनी संयोजक र सञ्जय गुप्ता सहसंयोजक रहेको प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी