A+ A A-

खुर्पेटो च्यारिटी शो सम्पन्न

बिश्वास मगर

काठमाण्डौ, कार्तिक १७ - मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको चितवनमा पनि च्यारिटी शो सम्प्पन्न भयो ।

कल्याण मगर समाज भरतपुर -११ चितवनको आयोजनामा सम्पन्न खुर्पेटो च्यारिटी शो सुक्रबार चितवन को नारायणी कला मन्दिरमा सफलता पूर्वक सम्पन्न भयो ।

छोटो कलाकार तथा अतिथी सम्मान औपचारिक कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासघ चितवन जिल्ला तथा नेपाल मगर सघ जिल्ला समितीका अध्यक्ष शुट बिर थापा मगरबाट उदघाटन गर्नु भएको थियो । साथमा बिशिष्ट अतिथी नेपाल मगर महिला सघ जिल्ला मगर चितवन समितीका कोषाध्यक्ष हिरा थापा मगर अनि नेपाल मगर बिध्यार्थी सघका केन्द्रिय सदस्य इश्वर राना मगर र अन्य अतिथीहरुको उपस्थितीमा छोटो मिठो मन्तब्यका साथ कार्यक्रम सुरु भएको थियो ।

खुर्पेटो चलचित्र र सम्पुर्ण खुर्पेटो चलचित्रलाई सफलताको शुभकामना दिदै मगर चलचित्र र मगर चलचित्रलाई सधै साथ सहयोग र माया गर्ने बाचा गर्दै सम्पुर्ण चितवन बासीले खुर्पेटो च्यारिटी शो हेर्नु भएको थियो । करिब १ घण्टाको औपचारिक कार्यक्रम पश्चात चलचित्र प्रदशन गरिएको थियो ।

नारायणी कला मन्दिरमा सम्पन्न शो मा लगभग ४०० जना दर्शकको उत्साह जनक उपस्थिती थियो । चलचित्र हेरे पछी चलचित्र राम्रो रहेको प्रतिकृया दिदै खुर्पेटोलाई अझ उत्तरोत्तर प्रगती को शुभकामना दिनु भएको थियो । कार्यक्रममा धनु थापा मगरले छोटो मिठो रुपमा क्रार्यक्रम सन्चालन गर्नु भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी