A+ A A-

बुद्ध सामुदायिक वन उपभोक्ता समुहको ७ औं बार्षिक साधारणसभा सम्पन्न

गोविन्द घर्ती

कार्तिक १८ । दीगो वन व्यवस्थापनले मात्र वनको संरक्षण र सम्वद्र्धन रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले वनको संरक्षण र सम्वद्र्धन गर्न स्थानीय उपभोक्ताहरु नै सचेत र सजग भएर लाग्नु पर्नेमा जोड दिएका थिए । बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदहको ७ औं बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनहरुले गरिवी न्यूनिकरण गर्न लगानी गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्थानीय निकाय संग समन्वय गरी वनको संरक्षण संगै सदुपयोग गर्नुपर्ने बताउदै स्थानीय उपभोक्ताहरुको आर्थिक सुधार गर्न तर्फ लाग्नु पर्ने बताएका थिए ।

समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालय शितलनगरका सहायक वन अधिकृत सतेन्द्रनारायण सिंह, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, वडा नं ५ का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, ईलाका वन कार्यालयका प्रमुख कृष्णप्रसाद ज्ञवाली, संस्थापक अध्यक्ष धनलाल भूषाल, सल्लाहकार बुद्धिसागर अर्याल, युगज्योति माविका दुर्गालाल तिवारी, पानवारी महिला वाख्रा समुहका व्यवस्थापक शुसिला अर्याल, उपभोक्ता भिमदेव ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, जेष्ठ नागरिक, अपाङ्ग, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा युग ज्योति माविका सुनिता लामा र गौरी क्षेत्रीलाई एक बर्षको शैक्षिक अध्ययन खर्च हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा समुहका अध्यक्ष टेकबहादुर रानाले बार्षिक प्रगति प्रतिवेदन र सचिव माया सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका उपाध्यक्ष थमनसिंह गुरुङ्गको स्वागत र रमेश पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी