A+ A A-

प्रहरी चौकी सरसफाई कार्यक्रम सम्पन्न

गोविन्द घर्ती
Image may contain: 4 people, dog, tree, grass, plant, child, outdoor and nature

कार्तिक १८ । रुपन्देहीको देवदह प्रहरी चौकी वरिपरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी वरिपरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नियुक्त भएका म्यादी प्रहरी र नेपाल प्रहरीको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम भएको देवदह प्रहरी चौकीले जनाएको छ ।

चौकी वरिपरी झाडी र ढुंगा रहेकोले सर्प तथा फोहोर मैला हटाउने उद्देश्यका साथ सरसफाई कार्यक्रम गरिएको प्रहरी चौकीका ईन्चार्ज कर्णबहादुर खड्काले बताउनु भयो । सुरक्षा व्यवस्था मिलाउदै आफुहरु बसेको स्थान बरिपरी सरसफाई कार्यक्रम गरेको र आगामी दिनमा समेत गर्दै जाने प्रहरी चौकीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि पुरुष ७६ जना र महिला ३९ जना म्यादी प्रहरीको नियुक्त भई देवदह प्रहरी चौकीमा रहेको उहाले बताउनु भयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी