A+ A A-

४८ सालदेखि दुई नेता चुनावी मैदानमा

देब पचभैया

पाल्पा,कार्तिक १६ - पाल्पामा २०४८ सालदेखि चुनाबी मैदानमा रहेका दुई नेता अहिले आमने सामने हुने भएका छन् ।

२०४८ सालदेखि पाल्पा क्षेत्र नम्बर दुई र क्षेत्र नम्बर तीन बाट फरक फरक पार्टीमा चुनाव लड्दै आएका एमाले केन्द्रिय सदस्य सोमप्रसाद पाण्डे र नेपाली काग्रेसका केन्द्रिय सदस्य हरीप्रसाद नेपाल अहिले एउटै क्षेत्रमा चुनाव लड्ने भएका हुन् । पाण्डे र नेपाल दुबै निर्वतमान सांसद हुन् । पुर्ब उधोग मन्त्री समेत रहेका पाण्डे एमाले बरिष्ठ नेता माधब नेपालका सम्धि पनि हुनुहुन्छ । राज्य पुर्नसंरचनासँगै पाल्पा दुई क्षेत्र भएकाले दुई नम्बर क्षेत्रका पाण्डे र ३ नम्बर क्षेत्रका नेपाल अहिले निर्वाचन क्षेत्र नम्बर दुई बाट प्रतिनिधि सभा सदस्यमा भिडेका हुन् । सोम प्रसाद पाण्डे २०५१ सालदेखिको निर्वाचनमा निरन्तर चुनावी मैदानमा हुनुहुन्छ । २०६४ को संविधान सभाको निर्वाचनमा नेकपा माओवादीको उम्मेद्वार लिला सोमैसँग भने उहाले हार व्यहोर्नु परेको थियो ।

काग्रेस नेता हरी नेपाल लामो समय देखि सांसद बन्ने नेतामा पर्नुहुन्छ । २०४८ सालदेखि नेपाली काँग्रेसको तर्फबाट चुनाबी मैदानमा रहनुभएका नेपाल २०६४ सालमा बाहेक अन्य निर्वाचनमा जित हासिल गर्नुभएको छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा एमालेका कुलप्रसाद नेपालसँग पराजित हुनुभएका नेपाल दोस्रो संविधान सभा निर्वाचनमा भने बिजयी हुनुभएको थियो । पाल्पा क्षेत्र नम्बर एक मा बाम गठबन्धको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिनुभएका एमाले केन्द्रिय सदस्य दलबहादुर राना पनि पुरानै अुनहार हुनुहुन्छ । राना पुर्ब भुमिसुधार मन्त्री समेत बनीसक्नुभएको छ ।

नेपाली काग्रेस बाट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नुभएका विजयराज घिमिरे भने नयाँ अनुहार हुनुहुन्छ । घिमिरे पेशाले चार्टर एकाउन्टेन हुनुहुन्छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी