A+ A A-

पाल्पामा बाम गठमन्धन संगै नौ दलद्धारा उम्मेद्वारी दर्ता

पार्टी बाट असन्तुष्टले स्वतन्त्रमा उम्मेद्वारी दिए

देब पचभैया

पाल्पा, कार्तिक १६ - आउने मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा जिल्लामा नौ दलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वारी दिएका नौ दल र केही स्वतन्त्र भएपनि  बाम र लोकतान्त्रिक गठबन्धन बनाएर दुई कित्तामा उभिएका दलहरु नै मुख्य प्रतिस्पर्धि देखिएको छ । २ निर्वाचन क्षेत्र रहेको पाल्पामा बाम गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दलबहादुर राना, प्रदेश सभा (क) मा एमालेका खुवराज खनाल, (ख) मा एमालेका नारायण प्रसाद आचार्य उम्मेदवार बन्नुभएको छ । यस्तै क्षेत्र नंम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका केन्द्रिय सदस्य एवं  पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेय, प्रदेश सभा (क)मा एमालेका पुरन बज्राचार्य र प्रदेश सभा (ख)मा नेकपा माओवादी केन्द्रका  पोलिटव्यूरो सदस्य बसन्त घर्ती मगरले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसको तर्फबाट पाल्पा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा विजय घिमिरे, प्रदेश सभा (क) मा देवराज ढकाल, (ख) मा दानबहादुर पछाईको उम्मेद्वारी परेको छ । क्षेत्र नंम्बर दुईमा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व सांसद हरी प्रसाद नेपाल, प्रदेश सभा (क) मा  माधव नेपाल र प्रदेश सभा (ख) मा रामबहादुर कार्कीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा पाल्पाले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पहलसिंह सिंजाली, प्रदेशमा पूर्णबहादुर फाल र हरी प्रसाद गैरे, क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा बालबहादुर दर्लामी, प्रदेश सभामा पोष्टराज पन्थ र शेरबहादुर क्षेत्रीको उम्मेद्वारी दर्ता गराएको छ ।
Image may contain: 6 people, people standing

राष्ट्रिय जनमुक्तिपार्टी पाल्पाले क्षेत्र नम्बर  १ को प्रतिनिधि सभामा हरी थापा , प्रदेशमा कर्णबहादुर थापाको उम्मेदवारी दर्ता गराएको छ । । राष्ट्रिय जनमुक्ति पार्टीले  क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा धनकेशरी सूर्यवंशी, संघमा सावित्रि राना र रामबहादुर दर्लामीको मनोनयन दर्ता गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले भने नेपाली काग्रेसको गठबन्धनलाई समर्थनगर्दै आफ्नो उम्मेद्वारी नदिएको जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

मंगोल नेशनल अर्गानाइजेन पाल्पाले क्षेत्र नं. १ मा प्रतिनिधि सभामा तुलवीर दर्लामी, प्रदेश सभामा रोमन राना र लालबहादुर दर्लामीको मनोनयन दर्ता गराएको छ । मंगोल नेशनलले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा थमन बहादुर बुढा, प्रदेश सभा सदस्य (क) मा टोप खाम्चा र (ख) मा देब प्रसाद श्रेष्ठको मनोनयन दर्ता गराएको छ ।

प्रकाशचन्द लोहनी अगुवाईको एकिकृत राप्रपा पाल्पाले क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा बिन बहादुर घर्तीको नाम दर्ता गराएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा गोपाल कुवर र प्रदेश सभा सदस्यमा बल बहादुर रायमाझीको नाउ दर्ता गराएको छ ।

मोहन बैद्य अगुवाई पार्टी सहितको देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फ बाट पाल्पा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा मानध्वज श्रेष्ठ, प्रदेश सभा सदस्यमा टेक बहादुर विकले उम्मेद्वारी दिनुभएको छ ।
संघिय समाजबादी फोरम पाल्पाले क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा कुम बहादुर घर्ती, क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा मनीसा घर्ती र प्रदेश सभा सदस्यमा उसा परियार र मान बहादुर कामुले उम्मेद्वारी दिनुभएको छ । पाल्पामा प्रतिनिधि सभा सदस्यमा दुई र प्रदेश सभाका लागी चार वटा निर्वाचन क्षेत्र छन् । बिहान १० बजे देखि शुरु भएको मनोनयन दर्ता बेलुकी ६ बजे शान्तीपुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत शंकर बरालले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेद्वारी

पाल्पामा विभिन्न दलबाट असन्तुष्ट व्यक्तिहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा हुमनाथ न्यौपाने, क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमै भुगोल प्रसाद बैंजु श्रेष्ठ, क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभासदस्यमा विनोद देबकोटा, क्षेत्र नं. २ बाट प्रदेश सभा (क) देवी प्रसाद न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । देवकोटा एमाले कार्यकर्ता हुन् भने न्यौपाने नेपाली काँग्रेस विपिको तर्फबाट उम्मेद्वारी दिएको जनाएका छन् ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी