A+ A A-

भैरहवा परासी सडक खण्डमा ट्रकले ठक्कर दिदा एकै परिवारका २ जनाको मृत्यु/स्थानीय द्वारा सडक अवरुद्ध

राज्यसत्ता
Image may contain: 1 person, shoes, child and outdoorकार्तिक १५ - रुपन्देहीमा ट्रकले ठक्कर दिदा एकै परिवारका २ जना विद्यार्थीको घटनास्थल मै ज्यान गएको छ भने ३ घाइते भएका छन् ।

जिल्लाको भैरहवा परासी सडक खण्डको रोहिणी गाउँपालिका वडा न ३ लक्ष्मीनगरमा बुधबार दिउसो सवा चार बजे तिर लु १ ख ९३५१ न.को ट्रकले साइकलमा सवार विद्यार्थीहरुलाई ठक्कर दिदा ज्यान गएको हो । दुर्घटनमा रोहिणी गाउँ पालिका ३ रामनगर बस्ने अन्दाजी १३ बर्षका मुन्नीलाल प्रजापति र अन्दाजी १० बर्षकी सन्ध्य प्रजापति रहेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई भैरहवा स्थित मेडिकल कलेजमा उपचारको लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ । मुन्निलाल प्रजापति राम नरेश यादव आदर्श उच्च माध्यमिक बिद्यालयको कक्षा ७ मा अध्यनरत थिए भने सन्ध्या प्रजापति युनिक होम्स इन्ग्लिश बोर्डिंन स्कुलको कक्षा ४ का विद्यार्थी थिए । उनीहरु बिद्यालय छुट्टी पछी घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् ।

तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन । स्थानीयहरु दोषी माथि हदै सम्मको कारवारी र उचित क्षतिपूर्तिको माग गर्दै अहिले सडक अवरुद्ध परेका छन् ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी