A+ A A-

देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्ने

गोविन्द घर्ती

असोज २४० । रुपन्देहीको देवदह नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

नेपालीहरुको महान पर्व तिहार लगत्तै देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई तिव्रताका साथ अगाडि बढाउने नगरपालिकाले जनाएको छ । तत्कालिन देवदह र केरवानी गाविस मिलेर बनेको देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्ने अभियान संचालन गरेपनि तत्कालिन सिक्टहन गाविसलाई देवदहमा मिसाउदा वालमैत्री अभियानले निरन्तरता पाउन नसकेको देवदह नगरपालिका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले बताउनु भयो । देवदह र केरवानीलाई मिलाएर वालमैत्री नगरघोषणा गर्न ३९ सूचक मध्ये १५ वटा सूचक पुरा गरी अगाडि बढिरहेको अवस्थामा सिक्टहन गाविसलाई समेत देवदहमा मिसाउदा वालमैत्री कार्यक्रम प्रभावित भएको अधिकृत नेपालले बताउनु भयो ।

अधिकृत नेपालका अनुसार देवदह नगरलाई वालमैत्री नगरपालिका घोषणा गर्न वडा नं १ देखि वडा १२ सम्म कार्यक्रम लिएर अगाडि बढ्ने बताउनु भयो । देवदह नगरपालिकालाई वालमैत्री नगर घोषणा गर्न वडा स्तरीय वालक्लवलाई समायोजन गर्दै अगाडि बढ्ने प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीले बताउनु भयो । ०७४ मंसीर मसान्त सम्म देवदहलाई वालमैत्री नगरपालिका घोषणा गर्नेगरी बढाईएकोमा सिक्टहनलाई समेत समायोजन गरेपछि ०७५ को मंसीर सम्म देवदहलाई वालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढ्ने पन्थीले बताउनु भयो । आर्थिक बर्ष २०७४/०७५ मा देवदहलाई वालमैत्री नगरपालिका घोषणा गर्नेको लागि बजेट समेत विनियोजन गरिएको बताउनु भयो । पन्थीका अनुसार अहिले जनप्रतिनिधि निर्वाचित भईसकेको अवस्थामा अझ देवदहलाई वालमैत्री नगरपालिका बनाउन सजिलो हुने भएकाले पनि नगरपालिकाले वालमैत्री नगरघोषणा अभियानलाई तिहारपछि तिव्रताका साथ अगाडि बढाउने बताउनु भयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी