A+ A A-

खोलाले बर्षेनी जग्गा कटान गर्दा स्थानीय त्रासित/देवदह र सुनवल नगरपालिका जनप्रतिनिधिद्धारा कचरार खोलाको अवलोकन

गोविन्द घर्ती
Image may contain: 6 people, people standing, child, crowd, outdoor and nature

असोज २३ । देवदह नगरपालिका र सुनवल नगरपालिका जनप्रतिनिधिद्धारा कचरार खोलाको अवलोकन गरेको छ ।

सुनवल नगरपालिका र देवदह नगरपालिका वीच रहेको कचरार नदीको अवलोकन गरेको हो । प्रत्येक वर्ष आउने वाढीका कारण खोलाले दुर्व तर्फ जग्गा कटान गर्ने गरेका कारण उक्त खोलाको दुईनगरपालिका जनप्रतिनिधिद्धारा अवलोकन गरेको हो । देवदह–५, शान्तिटोला र सुनवल–७, चारपालाको वीचमा रहेको कचरार खोलाले बर्षेनी जग्गा कटान गर्ने गरेको र कटान रोक्न सुनवल र देवदहले आ–आफनो तरिकाले संरक्षण गर्ने काम गर्ने क्रममा विवाद भएपछि जनप्रतिनिधिहरुले उक्त खोलाको अवलोकन गरेको हो ।

सुनवल नगरपालिका प्रमुख भिमबहादुर थापा र देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको नेतृत्वमा कचरार खोलाको अवलोकन गरेको हो । दुवै नगरपालिकाको रोहवरमा नदीले कटान गरेको जग्गाको संरक्षण, नियन्त्रणको लागि पहल गर्ने सहमति भएको छ । सुनवल नगरपालिका र देवदह नगरपालिकाका प्राविधिकहरुलाई राखेर स्टेमेट तयार गरी जग्गा कटान गर्न नदिने गरी खोला नियन्त्रण गर्ने सहमति भएको देवदह नगरपालिका प्रमुख खत्रीले बताउनु भयो । तत्काललाई पानी जानेबाटो साझो गर्ने र सुनवल नगरपालिका र देवदह नगरपालिकाको संयुक्त लगानीमा दीगो रुपमा खोला नियन्त्रण गर्ने सहमति भएको देवदह–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेले बताउनु भयो । बर्षायाममा आउने वाढीका कारण देवदह–५, शान्तिटोलाका स्थानीयवासी त्रासित जीवन विताउन वाध्य भएका छन् । वाढीबाट हुने जोखिमलाई न्यूनिकरण गर्न र खोलालाई दीगो रुपमा नियन्त्रण गर्न सुनवल र देवदह नगरपालिकाले संयुक्त रुपमा पहल गर्ने सुनवल–७, का वडा अध्यक्ष वसन्त दहालले बताउनु भयो ।

अवलोकनमा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, ईन्जिनियर राजकुमार यादव तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा, वडा अध्यक्ष वसन्त दहाल एवं दुवै तर्फका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी