A+ A A-

खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाकले निर्माणधिनमा रहेको पुलहरुको अवलोकन

गोविन्द घर्ती
Image may contain: 6 people, people smiling, people standing and outdoor

असोज २१ । खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाकले रुपन्देहीको क्षेत्र नं १, अन्र्तगत पर्ने विभिन्न निर्माणधिनमा रहेको पुलहरुको अवलोकन गर्नु भएको छ ।

रुपन्देहीको देवदहको वागकुमार र तिलोत्तमा जोडने निर्माणधिन पुल, रोही पुल, देवदहको भाटाटोल र घोडाहा जोड्ने पुल, वनपाटा गंगोलियामा निर्माणधिन रहेको पुल, वसन्तपुर र भवानीपुर जोड निर्माणधिन पुलको अवलोकन गर्नु भएको हो । भलुही पुन करिव ५ करोड ३० लाख ८६ हजारमा निर्माण हुन लागेको छ भने, घोडाहा खोलामा ९ करोड २४ लाख ८२ हजारको लागतमा निर्माण हुन लागेको हो । त्यसैगरी रोहिणी पुल ६ करोड ८९ लाखमा निर्माण हुन लागेको छ भने, वसन्तपुरको पुलन १० करोड १४ लाखमा निर्माण हुन लागेको राज्यमन्त्री रज्जाकले जानकारी दिनु भयो । त्यस्तै कानपाटा गंगोलियाको पुल १७ करोड २० लाख ३४ हजारमा निर्माण हुन लागेको हो । त्यसैगरी देवदहको वसन्तपुर र भवानीपुर जोड पुल ५ करोड ९५ लाख १० हजारमा निर्माण हुन लागेको हो । उक्त पुलहरु २०७६/०७७ सालमा निर्माण सम्पन्न हुने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले जानकारी दिनु भयो ।

सो-अवसरमा बोल्दै राज्यमन्त्री रज्जाकले रुपन्देहीको क्षेत्र नं १, को विकासको लागि आफुहरुले काम गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो । क्षेत्र नं १ को विकासको लागि अहिले सम्म आफुले ३ अर्वको काम गरेकोे दावी गर्नु भयो । राज्यमन्त्री रज्जाकले एक फरक प्रसंगमा अहिले नेकपा एमाले, माओवादी केन्द्र र नया शक्ति वीच भएको बाम गठवन्धनले नेपाली काग्रेसलाई कुनै फरक नपर्ने बताउनु भयो । उहाले कमजोर शक्तिले मात्र चुनावी गठवन्धन गर्ने बताउदै आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही जिल्लामा नेपाली काग्रेसले बहुमत हासिल गर्ने दावी गर्नु भयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी