A+ A A-

उज्यालो लाल्टिन प्रतिष्ठान देवदहद्धारा संचालित एम्वुलेन्सको उद्घाटन

गोविन्द घर्ती
Image may contain: 8 people

देवदह, असोज १९ । राजनैतिक स्थायित्वले मात्र देशको विकास हुने खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाकले बताउनु भएको छ ।

उहाले सकारात्मक राजनैतिकले मात्र समाजको परिवर्तन गर्ने भएकोले राजनीतिलाई गलत अर्थ लगाउन नुहनेमा जोड दिनु भयो । राज्यमन्त्री रज्जाकले युवा शक्तिलाई वैदेशिक पलायनबाट रोक्न उत्पादनमुलक क्षेत्र लगाउनु पर्नेमा जोड दिनु भयो । उज्यालो लाल्टिन प्रतिष्ठान देवदहद्धारा संचालित एम्वुलेन्सको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा राज्यमन्त्री रज्जाकले युवाहरुमा भएको उर्जालाई उत्पादन क्षेत्रमा लगानी गर्न सके देशले फड्को मार्नेमा जोड दिनु भयो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका राज्यमन्त्री रज्जाकले समाज र राष्ट्र निर्माणको लागि राजनीतिक दलहरुले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
Image may contain: 5 people, people smiling, outdoor

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदह क्षेत्रमा रहेको ऐतिहासिक स्थलहरुको उत्खनन् गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयो । उहाले देवदह क्षेत्रलाई कृषि क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागिरहेको बताउनु भयो । नगरप्रमुख खत्रीले राष्ट्रले अख्तियार गरेको कृषि नीतिका कारण किसानहरु मर्कामा परेको आरोप लगाउनु भयो ।

कार्यक्रम संयोजक सुमा डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी ऋषिराम सापकोटा, दोहा कतारका प्रतिनिधि डिल्लीराम भट्टराई, समाजसेवी जीवलाल पराजुली, झविन्द्र पाण्डे, गणेश डुम्रे, सोनी भण्डारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष राजीव सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रष्ठिानले गतबर्ष दीपावलीमा देउसी भैलो खेली संकलित रकमबाट एम्वुलेन्स संचालनमा ल्याएको बताउनु भयो । उहाले देउसी भैलो कार्य  क्रममा करिव १३ लाख रुपैया संकलन भएको र १० लाखमा एम्वुलेन्स खरीद गरेको बताउनु भयो । प्रतिष्ठानले संचालनमा ल्याएको एम्वुलेन्सले गरिव, असहायलाई विशेष छुट दिने अध्यक्ष सापकोटाले घोषणा गर्नु भएको थियो । समज्ञा अधिकारीको स्वागत र डिआर पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी