A+ A A-

खुर्पोटो चलचित्रको साथमा च्यारेटी शो भव्यताका साथ बर्दघाट नगरीमा सम्पन्न

संजय सिंजाली मगर
Image may contain: 13 people, people smiling, text

काठमाण्डौं, असोज १८ -  खुर्पोटो चलचित्र तथा च्यारेटी शो भव्यताका साथ सुन्दर नगरी बर्दघाटको दाउन्ने पार्टी प्यालेसको सभाहलामा सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल मगर संघ बाढिपीडीत गाऊ कमिटीको संयोजकत्वमा, अध्यक्ष पूर्ण सारु मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा नेपाल मगर संघ बर्दघाट नगर समितिका अध्यक्ष खेम पुन मगर रहनु भएको थियो । त्यस्तै बिशेष अतिथिमा खुर्पेटो चलचित्रका (निर्देशक) विश्वास मगर, (हिरोनी) बिना थापा मगर रहनु भएको थियो ।

उक्त कार्यक्रममा आ-आफ्नो मन्तव्य दिने क्रममा चलचित्रका निर्देशकले चलचित्र सम्बन्धी छोटो परिचय दिनु भएको थियो भने जिर्ण अवस्थामा रहेको जिवन ज्योति बिहारलाई चलचित्र देखि उठेको रकम बाट ४०% दिने निर्णय गर्नु भएको हो ।

कार्यक्रमको सुरुवातमा बिभिन्न खालका साँस्कृतिक गितमा भाई बहिनीहरुले नाचको प्रतिभा देखाई उपस्थिती दर्शक तथा पाउँनाहरु लाई भरपूर मनोरञ्जन दिलाएका थिए । जस्मा करिना राना मगर र बबिता थापा मगर रहेका थिए ।

मगरको पहिचान मुलक चिन्ह खुर्पेटो, यसको परिचय, यसको निर्माण, यसको बिशेषता, यसको प्रयोग र यसको आवश्यकता र महत्व जस्तो पक्षलाई समेटी मगर र मगर युबा युबतीको कला सिर्जना र मायालाई यथार्थपरक ढङगमा उतारी ग्रामिण जिबनशैलीमा आधारित शिक्षामुलक नारी प्रधानरुपमा तयार गरिएको यस खुर्पोटो चलचित्र हेर्न ठुलो जनसंख्यामा भिड रहेको थियो ।, यस चलचित्र हेरिसकेपछि दर्शकहरुले राम्रो प्रतिकृया दिएका थिए ।
Image may contain: 2 people, crowd and indoor

भिम राना मगरको परिकल्पना राजेन्द्र आले (तुल)को लगानी अनि बिश्वास मगर (बिकास)को लेखन तथा निर्देशनमा बनेको खुर्पेटो यस अघी नेपालको दमौली, सुर्खेत र काभ्रे, काठमाण्डौं अनि देश बाहिर कुवेत र युकेको आठ स्थानमा सफलता पूर्वक प्रर्दशन भए लगतै बुटवल र बर्दघाट पनि भव्यताका साथ सम्पन्न भएको थियो ।

उक्त चलचित्रलाई संजय सिंजाली मगरको पहलमा सम्पन्न भएको थियो भने सफल पार्न सहयोग गर्नुहुनेमा लाल बहादुर थापा मगर, कुमार सिंजाली मगर, रामु राना मगर, पूर्ण सारु मगर, हेमन्त सिंजाली मगर, रोशन गुरुङ, दिपक राना मगर, रबिन मगर रहेका थिए । कार्यक्रम संचालन नेपाल मगर संघ बर्दघाट नगर समितिका सचिव रामु रानाले गर्नु भएको थियो ।

 

 

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी