A+ A A-

जनमुक्ती युवा महासंघ प्रदेश नम्बर ५ ब्युरो समिती द्वारा युवा जागरण अभियान सम्पन्न गरेको छ

 Image may contain: 24 people, people smiling, outdoor

बुटवल, असोज १८ - प्रदेश चुनाव नजिकिदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टी को मेरुदण्ड जनमुक्ति युवा महासंघ प्रदेस ५ ब्युरोले युवा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

५ नम्बर ब्युरोका संयोजक शंकर गाहाको अध्यक्षतामा रहेको जागरण अभियानमा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मुश्लिम परिषदका संयोजक हाजी डा. मोहम्मद हसन प्रमुख अथिति रहनु भएको थियो भने बिशिष्ट अथितिमा अनुगमन तथा मुल्याङ्कन समितीका सदस्य सचिब तथा जनमुक्ति युवा महासंघका पूर्व अध्यक्ष अशोक पुन हुनुहुन्थ्यो ।

त्यस्तै अथितिमा पार्टी उपाध्यक्ष तथा प्रबास बिभाग प्रमुख कमला थापा, संघिय महासभा सदस्य नरजङ गुरुङ, प्रकाशन बिभाग प्रमुख बलदिप राइ, जातिय बिभाग प्रमुख दल बहादुर बिरकट्टा, संघिय यातायात बिभाग प्रमुख सुर्य कुमार सारु, संघिय परिषद सदस्य गीता सारु, संघिय परिषद सदस्य ज्ञान बहादुर थापा, जनमुक्ति युवा महासंघका केन्द्रिय अध्यक्ष ममता बुढाथोकी, राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष चन्दा थापा, लुम्बिनी राज्य परिषदका सचिब ओम प्रकाश बि.क, रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ र परासी जिल्ला सचिब जस बहादुर पून ज्युको आथित्यता गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा ६ जिल्ला बाट उपस्थिति हुनु भएका जनमुक्ति युवा महासंघ जिल्ला कार्य समिति बिच परिचययात्मक कार्यक्रम सम्पन्न भएको थियो भने दोश्रो चरणमा औपचारिक कार्यक्रम र तेश्रो चरणमा पार्टीका सचिब तथा प्रशिक्षण बिभागका बलदिप राईले सबै जिल्लाहरु लाई प्रशिक्षण दिनु भएको थियो । अत्यन्तै उत्साहका साथ सम्पन्न भएको प्रशिक्षणले युवाहरु मा राजनिती चेतना जगाएको छ ।

पाल्पा, बांके, कपिलवस्तु, दाङ, परासी र रिपन्देहीका युवाहरु मा जनमुक्ति बिचार धाराले अत्यन्तै राम्रो प्रभाब पारिसकेको छ, स्थानीय तह चुनाबको अनुभव लिइ सकेका युवाहरुले प्रदेश तह चुनाबमा अझै महत्वपूर्ण भुमिका गर्ने र युवाहरु नै नेतृत्वमा आउने थप प्रेरणा प्रशिक्षणले दिएको छ । लक्ष्मिनगर, बुटवलमा अबस्थित बिश्व शान्ति बुद्ध बिहारको सभाहलमा सम्पन्न युवा जागरण अभियानको कार्यक्रमको संचालन महासंघका सचिब राम अस्लामीले गर्नु भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी