A+ A A-

प्रथम शहीदको सालीक रातारात गायब ,देश बिदेशबाट व्यापक विरोध ।


क्षमायाचनासहित १० बुँदे सहमति, पुनर्निर्माणको नेतृत्व मगर संघले गर्ने , रातारात हटाइएको प्रथम शहीद लखन थापाको शालिक पुनस्थापना हुने । 
मनोज घर्ती मगर ,पोखरा 
पोखरा लेखनाथ महानगरपालिकाले पोखराकै अति व्यस्त चोकको रुपमा रहेको लखनचोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको शालिक रातारात हटाएपछि आएको चौतर्फी बिरोधपछि तत्स्थानमै शालिक पुनस्थापना हुने भएको छ ।

शालिक हटाइएपछि आक्रोशित बनेका मगर समुदायलगायत सर्वसाधारणले विभिन्न माध्यमबाट चौतर्फी चर्को विरोध गरेपछि अन्ततः प्रशासन झुक्न बाध्य भएको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट १० बुँदे सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमति अनुसार मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा प्रथम शहीद लखन थापाको शालिक निर्माण तथा पुनस्र्थापना समिति गठन गरिएको छ ।

सहमति अनुसार आज मंगलबारदेखि निर्माण सुरु गरिने भएको छ । पहिलेकै ढाँचा र स्वरुपमा शालिक निर्माण गर्ने र लखनचोकको केन्द्र भागमै पुनस्र्थापना गर्ने, शालिकको सुरक्षा जिल्ला प्रशासनले गर्ने, शालिक पुनस्र्थापना गर्न लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सहमति पनि भएको छ ।प्रशासनले रातारात शालिक रहेको आइल्याण्ड हटाउने कार्यले आमनागरिक र सर्वसाधारणमा पुग्न गएको भावनात्मक चोटप्रति महानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।

महानगरपालिकासहित जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालय, पोखराले पोखराका आइल्याण्डहरूका कारण ट्राफिक जाम बढेको भन्दै हटाउने तयारी गरेको थियो । मगर संघ कास्कीसँग महानगरले आइल्याण्डको साइज सानो बनाएर प्रथम शहीदको शालिक राख्ने भन्नेमा सहमति गरेको थियो । तर, आइल्याण्ड पूरै हटाइएपछि मगर समुदाय आक्रोशित बनेका छन् ।

सोमबार राती भत्काइएको शालिकको पुनस्र्थापनासम्बन्धी भएको सहमति अक्षरशः पालना हुनुपर्ने सर्वसाधारणले माग गरेका छन् । रातारात शालिक हटाइएको थाहा पाएपछि मगर समुदाय भने आक्रोशित बनेका छन् । उनीहरूले सहमतिविपरीत शालिक हटाइएको भन्दै शालिक पुनस्र्थापनाको माग समेत गरेका छन् । लखनचोकको आइल्याण्ड भत्काइएपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।


तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहको शालिक रहेको सो स्थानमा ०६२÷०६३ को जनआन्दोलनका क्रममा आन्दोलनकारीले पृथ्वीनारायणको शालिक भत्काइदिएका थिए । त्यसपछि खाली रहेको सो चोकमा २०६४ सालमा मगर संघ कास्कीले प्रथम शहीद लखन थापाको शालिक राखेको हो । २०६५ सालमा पूर्ण कदको शालिक राखिएकोमा २०६७ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो शालिकको अनावरण गरेका थिए ।

फोटो :रुद्र श्रिश मगर 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी