A+ A A-

रिजनलको निशुल्क स्वास्थ्य सिबिरमा १२ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण

कृष्ण आचार्य

पोखरा , ४ असोज ।

पोखराको जीरो किलोमिटरमा रहेको रिजनल हस्पिटलले मंगलबार पर्वतको खुर्कोटमा आयोजना गरेको स्वास्थ्य शिविरमा १२ सय भन्दा धेरैले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । आहा नेपाल क्लव सँगको सयुक्त आयोजनामा रिजनल हस्पिटलले पर्वतको कुस्मा नगरपालिका खुर्कोटमा आयोजना गरेकोे निशुल्क स्वस्थ्य शिबिरमा १ हजार २ सय १५ जना बिरामीले निशुल्क सेवा लिएका हुन् । शिविरमा पेट, छाती, मुटु, सुगर तथा थाइराईडरोग, हाडजोर्नी, स्त्रीरोग, नाक कान घांटी रोग सम्बन्धी बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको सञ्चालक पौडेलले जानकारी दिए ।

शिविरमा ४ सय १३ जना बिरामीको ल्याब परिक्षण, २ सय जना बिरामीको भिडियो एक्स रे र १ सय ५० जना बिरामीको मुटुको इसिजी गरीएको अस्पतालका सञ्चालक पौडेलले जानकारी दिए । शिविरमा फिजिसियन डाक्टर मनोज कोइराला, हाडजोर्नी विशेषज्ञ डाक्टर दिवस कटुवाल र डाक्टर दिनेश कुमार बि.क.,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ तारा गुरुङ, नाक कान घांटी रोग विशेषज्ञ डाक्टर आकाशमणी भण्डारी र डाक्टर दिलिप राज न्यौपाने लगायतले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा स्वास्थ्यकर्मीहरु शोनी श्रेष्ठ, निता भण्डारी, बिन्दु कुँवर, भावना कार्की, बेल कुमारी थापा, शिवानी शर्मा, सुर्य बहादुर राना, सुजु गुरुङ, भावाना शर्मा, सृष्ट्रि भण्डारी, आसरी गुरुङ र सबिन अधिकारी लगायतको पनि सहभागिता रहेको थियो । शिबिरको संयोजन हस्पिटलका म्यानेजर अर्जुन शर्मा र आहा नेपाल क्लवका अध्यक्ष नकुल पौडेलले गरेका  थिए । अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा रहेको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ  ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी