A+ A A-

मगरहरु लगनशिल छौं, तर अवसर पाउँदैनौः राज्यमन्त्री पुन मगर

मगर महिला संघको स्थापना दिवस सम्पन्न,मगर महिलाको उपचार कोषमा भारि बृद्धी !

संजय सिंजाली मगर


















काठमाण्डौं, असोज ३ - नेपाल मगर महिला संघ केन्द्रीय समितिको २०औं स्थापना दिवस भब्य रुपमा सम्पन्न भएको छ ।

मगर महिला स्थापना दिवसको अवसरमा मगर महिलाको स्वास्थ्य उपचार कोष बृद्धीको लागी बिबिध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । नेपाल मगर महिला संघकी केन्द्रयी अध्यक्ष बिनिता आले मगरको सभापतित्वमा सिंचाई राज्य मन्त्री अमर सिं पुन मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

 

















नेपाल मगर संघका पूर्व अध्यक्ष क्या.यम बहादुर बुडाथोकी मगर, बर्तमान नेपाल मगर संघका कोषध्यक्ष कमला थापा मगर, महासचिव ज्ञानेन्द्र पून मगर, संस्थाका कानुनि सल्लाहकार अधिबक्ता ईन्दिरा श्रीस मगर थिए । त्यस्तै अतिथिहरुमा नेपाल मगर संघ संग आबद्ध बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि बाक्लो उपस्थित रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष ममता बुडाथोकी मगरले स्वागत मन्तव्य दिएका थिए भने, संघका महासचिव धन कुमारी राना मगरले कार्यक्रम संचालन गरेका थिए ।




(नेपाल मगर संघ के.समितिका सचिब तथा बाग्लुंग, गल्कोट नगरपालीकाका उपमेयर रेनुका काउचा  मगर सम्मान ग्रहण गर्दै)




















संस्था स्थापना दिवसको अवसरमा मगर महिला संघका संस्थापक अध्यक्ष बम कुमारी बुडा मगर पूर्व अध्यक्षत्रय संगिनी राना मगर, श्याम माया पून मगर, गंगा खासु मगर लाई कदर पत्रले सम्मान गरिएको थियो । संघलाई अतुलनिय सहयोग पुर्याए बापत कानुनि सल्लाहाकार अधिबक्ता ईन्दिरा श्रीस मगर, हाई भिजन कोलोनीका एम.डी. दिल बहादुर थापा मगर, नेपाल मगर संघ के.समितिका सचिब तथा बाग्लुंग,गल्कोट नगरपालीकाका उपमेयर रेनुका काउचा  मगर,एकीकृत र्सिजनशिलका संचालक जुनु पून मगर, बेग कुमारी राना मगरलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा मगर महिला स्वास्थ्य उपचार कोष बृद्धिको लागी करिब ६० जना बेसी सहयोग गर्ने दाताहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय नाचघर जमलको हलमा भएको थियो भने सांस्कृतिक कार्यक्रम र्हेन आउँने दर्शकको उपस्थितीले हल खँचाखचले भरिएको थियो ।

 


















कार्यक्रमका प्रमुख अतिथि सिचाई राज्यमन्त्री माननिय अमरसिंह पुन मगरले शुभकामना मन्तव्य दिएका थिए । मगरहरु ईमान्दर धेरै मेहनति र लगनसिल भएर काममा लाग्ने, तर अवसर भने नपाउँने जाती मगरहरु हो, अरुको गोटी सजिलै बन्ने मध्ये मगर नै पहिलो हो, यसबाट सबै मगर सचेत हुनुपर्ने राज्य मन्त्रि पुनले भने ।

सांस्कृतिक कार्यक्रम नेपाल मगर सांस्कृतिक संघका महासचिव मिलन थापा मगर र सपना रोका मगरले बडो रोचक ढंगले संचालन गरेका थिए । कार्यक्रममा पूर्वञ्चलको हुर्रा नाँच, मध्ये-पश्चिमाञ्चलको कौरा, सालैजो, सोरठी, पञ्चेबाजा हुदैं , सुधुर-पश्च्मिाञ्चल रुकुम रोल्पाको अठार मगरातको समुह नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रममा मुना थापा मगर र जुना श्रीस मगरले "म्याग्दी रयाले, घरमा दिल छैन तिम्रो मायाले" बोलको गितले दर्शक सबैलाई नचाउँन सफल भएको थिए । डोलराज बाह्रघरे मगरको रचना र संगितमा ‘जय जय मगराँतंको’ सामुहिक गित बाट शुभराम्भ भएको कार्यक्रमले राम्रै स्टेज तताएको थियो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी