A+ A A-

सहकारी संस्था देवदहले बिभिन्न संस्थाहरुलाई सामाग्री प्रदान

गोविन्द घर्ति

कार्तिक ३ । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहले देवदह क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य संस्थालाई विभिन्न सामाग्री प्रदान गरेको छ ।

सहकारी संस्थाको १२ औं स्थापना दिवसको अवसरमा उक्त सामाग्री प्रदान गरिएको हो । स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्यालले सहकारीको विकासको लागि सवैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो । सहकारीका सल्लाहकार संयोजक समेत रहनु भएका अर्यालले दीगो विकासको लक्ष्य अनुसार सहकारी संचालन हुनु पर्ने बताउनु भयो । उहाले कोलिय साकोसले धेरै मेहेनेतका कारण अन्र्तराष्ट्रिय व्राण्ड प्राप्त गर्न सफल भएको भन्दै सहकारीलाई नमुनाको रुपमा लैजान आग्रह गर्नु भयो ।

संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, सल्लाहकार ईश्वरी ढुगाना, धुव्र खरेल, दुर्गादत्त शर्मा, भिमदेव ढकाल लगायतले बोल्नु भएको थियो । उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा केरवानी माध्यमिक विद्यालयमा निर्मित जा हेनरी ड्युना रेडक्रस पार्क संरक्षणको लागि तारजाली प्रदान गरेको छ । त्यसैगरी प्रगति आधारभूत विद्यालयलाई फिल्टर, फोहोर डस्तविन, सिक्टन स्वास्थ्य चौकीलाई कुर्ची, प्रगति माध्यमिक विद्यालयलाई फिल्टर र डस्तविन, सूर्योदय आधारभूत विद्यालयलाई दराज, शहरी स्वास्थ्य केन्द्रलाई कुर्ची प्रदान गरिएको छ । त्यसैगरी व्यास आधारभूत विद्यालयलाई फोहोर राख्ने डस्तविन, देवदह आदर्श बहुमुखी क्याम्पसलाई फिल्टर र कुर्ची, सामुदायिक स्वास्थ्य ईकालाई फिल्टर प्रदान गरिएको सहकारीका व्यवस्थापक विनोद पराजुलीले बताउनु भयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी