A+ A A-

लागुऔषध नियन्त्रण गर्न युवाहरु एकजुट हुन आवश्यक

गोविन्द घर्ती

कार्तिक ३ । समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

प्रगति युवा क्लवको विशेष भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा रहेका विकृति र विसंगतिलाई हटाउन युवाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । सोही कार्यक्रममा बोल्दै क्लवका संस्थापक सचिव प्रकाश अर्यालले लागुऔषध नियन्त्रण गर्न युवाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले सभ्य समाज निर्माणको लागि युवाहरु एक आपसमा हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

क्लवका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी डोलराज चापागाई, संस्थापक सहसचिव गोविन्द घर्ती लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विशेष भेलाले शिव दर्लामीको अध्यक्षतामा नया समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द चौधरी, सचिवमा निर्मल थापा, सहसचिवमा लक्ष्मी गौतम, कोषाध्यक्षमा दिलबहादुर चौधरी रहनु भएको छ । अन्य सदस्यहरुमा अतुल थापा, रुकेश सिंजाली, अनिल ढकाल, रिमी सिंजाली, विवेक पौडेल, प्रकाश न्यौपाने, रविन पराजुली, गंगा खनाल रहनु भएको छ । भेलाले कृष्णप्रसाद पौडेल, प्रकाश अर्याल, दिनेश विक, गोविन्द घर्ती, चक्रपाणी न्यौपाने, लक्ष्मण चौधरी, टिकाराम चापागाई, चेतबहादुर सिंजाली, विष्णु पाण्डेलाई सल्लाहकारमा चयन गरेको छ । क्लवका उपाध्यक्ष चक्रपाणी न्यौपानेको संचालनामा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी