A+ A A-

वाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोविन्द घर्ती
Image may contain: 9 people, people standing

भाद्र २८ । रुपन्देहीको देवदहमा माध्यमिक विद्यालय स्तरीय देश विकासमा वालवालिकाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

देवदह नगरपालिकाको आयोजना र वाल सञ्जाल देवदहको व्यवस्थापनमा वाल दिवस–२०७४ को अवसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । देवदह क्षेत्रका १४ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा केरवानी माध्यमिक विद्यालयका रेशम अधिकारी प्रथम, देवदह बुद्धपव्लिक आवासी माध्यमिक विद्यालयका दिया न्यौपाने द्धितिय र देवदह मदरटङ्गस एकेडेमीका अर्नुन खरेल तृतिय भएको छ । प्रतियोगिताका प्रथमले ५ हजार, द्धितियले ४ हजार र तृतियले ३ हजार नगद प्राप्त गरेको छ ।

सो-अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई वालमैत्री नगरको रुपमा घोषणा गर्न नगरपालिका लागिरहेको बताउनु भयो । उहाले आगामी मंसीर मसान्त सम्म देवदह नगरपालिकालाई वालमैत्री नगरको रुपमा घोषणा गर्ने दावी गर्नु भयो । उपप्रमुख गुरुङ्गले वालवालिकाको अधिकार सुनिश्चित गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले बेला–बेलामा गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्नेमा जोड दिनु भयो ।

उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरिक्षक हरिलाल अर्याल, वडा अध्यक्ष, वाल सञ्जालका पदाधिकारी, शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । प्रसाशकीय अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा कमल न्यौपाने, हिरामणि शर्मा, गणेश डुम्रेले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।  

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी