A+ A A-

युनाइटेड क्लवद्धारा विद्यार्थीको खाजा अभियानका लागी कालिका माविलाई आर्थिक सहयोग

गिता राना मगर
Image may contain: 5 people, people standing

पोखरा, भदौ ३ - राष्ट्रिय बाल दिवसको अवसरमा युनाइटेड क्लव पोखराले कालिका मा.बि. रामबजारले सञ्चालन गरेको विद्यार्थीहरुको खाजा अभियानलाई आर्थिक सहयोग गरेको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै सेती संरक्षणका लागी स्थापना कालदेखिनै अगाडी वढिरहेको क्लवले शिक्षा दिवसको अवसर पारी कालिका मा. बि. रामबजारमा अध्ययनरत बिद्यार्थीहरुको खाजा अभियानको सहयोग स्वरुप ९ हजार रुपैया प्रदान गरेको हो ।

बाल दिवसको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा क्लवका अध्यक्ष सुक बहादुर गुरुङ र महासचिव राजु श्रेष्ठले कालिका माबिका सहायक प्रध्यानाध्यापक श्रीराम आचार्य र विद्यार्थी खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीलाई ९ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण गर्दै क्लवका अध्यक्ष सुक बहादुर गुरुङले कालिका मा.वि.मा अध्ययनरत विद्यार्थीहरुको खाजा अभियानमा क्लवले सहयोग गर्न पाउदा निकै खुसी लागेको वताए । सरकारी विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागी क्लवले यसअघि छात्रबृद्धि कोष स्थापना गरिसकेको स्मरण गराउदै पुन विद्यार्थीहरुको सहयोगार्थ क्लवले सहयोग गर्न पाउदा आफुहरु निकै खुसी भएको गुरुङको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै विद्यालयका सहायक प्रध्यानाध्यापक श्रीराम आचार्यले युनाइटेड क्लवले समाजसेवामा अगाडी वढेर छुट्टै स्थान हासिल गर्न सफल भएको र आफ्नो विद्यालयलाई समेत अक्षयकोष स्थापना गरी गरिव  तथा जेहेन्दार बिद्यार्थीमाथी ठूलो गुन लगाएको  र अहिले पनि बाल दिवसको अवसरमा विद्यलयले सञ्चालन गरेको खाजा अभियानमा समेत सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

यसअघि युनाइटेड क्लवले आफ्नो शिक्षा कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार बिद्यार्थीका लागी ५० हजारको अक्षयकोष स्थापना समेत गरिसकेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी