A+ A A-

मगर संघ नयाँबजारमा उद्घोषण तथा वक्तृत्वकला तालिम

रूद्र श्रीसमगर

पोखरा, भदौ २ - नेपाल मगर संघ नयाँबजार एकाइ समिति, पोखराले एक दिवसीय उद्घोषण तथा वक्तृत्वकला तालिम सम्पन्न गरेको छ ।
 
शनिबार आयोजित तालिममा गोल्डेन आई टेलिभिजन तथा माछापुच्छ«े एफएमका वरिष्ठ प्रस्तोता गोविन्द सिंजालीले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा तालिमको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले व्यक्तित्व एवं नेतृत्व विकासका लागि बोल्ने कला अति जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले पनि तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल मगर संघ नयाँबजार एकाइ समिति, पोखराका अध्यक्ष दुर्गाबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष लोकमाया थापामगरले स्वागत गर्नुभएको थियो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी