A+ A A-

लगातार परेको बर्षाका कारण देवदह क्षेत्रमा क्षति

गोविन्द घर्ती
Image may contain: sky, tree, plant, outdoor and water

साउन २८ । दुई दिन देखि लगातार परेको बर्षाका कारण रुपन्देहीको देवदह क्षेत्रको विभिन्न स्थानमा क्षति पुर्याएको छ ।

लगातार परेको बर्षाका करण आएको वाढीले देवदह क्षेत्रमा क्षति पुर्याएको छ । लगातार परेको बर्षाका करण देवदह क्षेत्रमा मानवीय क्षति भने नभएको देवदह प्रहरी चौकीले जनाएको छ । वाढीका कारण देवदह क्षेत्रमा डुवान र क्षति पुगेपनि मानवीय क्षति भएको कुनै पनि खवर प्रहरी चौकीमा नआएको देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक सुरज कार्कीले जानकारी दिनु भयो । वाढीका कारण देवदह–६, मिलनचोकमा बाटोलाई क्षति पुर्याएको छ । बर्षाका कारण आएका बाढी जाने निकास नहुदा बाटोलाई क्षति पुर्याएको स्थानीय वासीहरुको भनाई रहेको छ ।

माथिबाट आएको वाढी जाने निकास नुहदा मिलनचोकको दक्षिण जाने बाटोमा क्षति पुर्याएको छ । विगत केहि बर्ष देखि बाटो देखि उत्तर तथा दक्षिण क्षेत्रमा प्लटिङ्ग गर्ने गरेको र प्लटिङ्ग गर्दा कुलोको जग्गा समेत मिचिएको हुदा बर्षामा आएको बाढीले निकास नपाउदा क्षति पुगेको स्थानीयवासी टेकराज गौडेलको भनाई रहेको छ । विगतका बर्षमा उक्त क्षेत्रमा पानीको निकासको लागि कुलो भएपनि प्लटिङ्ग शुरु भएपछि कुलो तथा नाली मिचिएका कारण बर्षायाममा स्थानीयवासीले दुःख खेप्नु परेको स्थानीयवासी कृष्ण चापागाईको भनाई रहेको छ ।

जग्गा धनीहरुले समेत आफनो घरअगाडि कुलो नबनाउदा बर्षायामा आउने बाढीका कारण दुःख भोग्नु परेको भन्दै प्लटिङ्ग गर्नेहरुलाई पहिला नालाको व्यवस्था गर्न स्थानीय निकायले जोड दिनु पर्ने चापागाईको भनाई रहेको छ । बर्षाका कारण हुने क्षतिलाई मध्यनजर गर्दै स्थानीय निकायले विकासका कामहरु गर्न पर्ने भन्दै बर्षायाम हुने संभावित क्षतिबाट बच्न पानीको निकास अनिवार्य रुपमा निकाल्नु पर्नेमा गौडेलको भनाई रहेको छ ।
 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी