A+ A A-

फोनिजद्वारा पत्रकार गुरुङ सम्मानित

गोविन्द घर्ती

Image may contain: 14 people, people smiling, people standing

साउन २५ । स्व. पत्रकार देवबहादुर पाटा उत्कृष्ट पत्रकारिता पुरस्कार यस बर्ष बरिष्ठ पत्रकार भिमप्रसाद गुरुङ्गलाई प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार गुरुङ्गलाई प्रदान गरेको हो । सम्मानित गुरुङ्ग नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका पुर्व अध्यक्ष समेत हुनुहुन्छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवसको अवसरमा बुटवलमा एक कार्यक्रमको आयोजना गरी पत्रकार गुरुङ्गलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार संघ फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर पाटाको स्मृतिमा उत्कृष्ट पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । फोनिजले विगत केहि बर्ष देखि आदिवासी जनजातिहरुको हक, अधिकारको क्षेत्रमा कलम चलाउदै आएका एक जना जनजाति पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
Image may contain: 1 person, standing
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले समाज परिवर्तनमा सञ्चारमाध्यमको अह्म भूमिका भएकोले समाजले पत्रकारहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । त्यसैगरी सम्मानित भिमप्रसाद गुरुङ्गले आफुले विगत लामो समय देखि पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिहरुको मुद्दा उठाउदै आएको बताउनु भयो । आफुले गरेको मेहेन्तको फोनिज रुपन्देही मूल्याकन गरेकोमा गुरुङ्गले हार्दिक धन्यवाद समेत प्रकट गर्नु भयो । उहाले आदिवासी जनजातिहरुको भाषा, संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिनु भएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, तामाङ्ग घेदुङ्गका कुमार तामाङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कोषाध्यक्ष सुन्दर तरामुको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी