A+ A A-

नेपाल आदिवासी जनजाति महासंघ देवदह समन्वय परिषदद्धारा आयोजित २३ औं विश्व आदिवासी दिवस मनाए

गोविन्द घर्ती
Image may contain: 6 people, people standing

 

साउन २५ । नेपालको जारी संविधानले आदिवासी जनजाति आयोग गठन गर्ने भनियता पनि सरकारले विधेयक ल्याउन नसकेको तमु भाषा लिपी विकास समितिका महासचिव भिमप्रसाद गुरुङ्गले बताउनु भएको छ ।

 

उहाले सरकारले आदिवासी जनजातिहरुको हक अधिकारका वारेमा स्पष्टता नगरेको बताउनु भयो । नेपाल आदिवासी जनजाति महासंघ देवदह समन्वय परिषदद्धारा आयोजित २३ औं विश्व आदिवासी दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । महासचिव गुरुङ्गले पहिचानको लागि भाषा, संस्कार, संस्कृतिको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भयो । पहिचान जोगाउन राज्यको मात्र मुख नताकी एकजजातीय संस्थाबाट पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

 

गुरुङ्गले आईएलओ १६९ मा हस्ताक्षर गरेर पनि नेपालले आदिवासीहरुको हक अधिकार सुनिश्चित गर्न नसकेको प्रति दुःख व्यक्त गर्नु भयो । नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर परिषदका अध्यक्ष बमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का पदम थापा, देवदह नगरपालिका बोर्ड सदस्य बन्धु कुमाल, नेपाल मगर संघका जिल्ला सदस्य उमाया थापा, वडा सदस्य केशव राना, थारु कल्याणकारिणी सभाका लालबहादुर चौधरी, महासंघका सल्लाहकार कालुराम थापा, वीरबहादुर थापा, तमु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदहका अध्यक्ष टौबहादुर तमु, कुमाल सेवा समाज देवदहका अध्यक्ष कृष्ण कुमाल, पत्रकार तिलोचन दहाल, नेपाल मगर संघ देवदहका सचिव जसबहादुर पुन, नेपाल मगर महिला संघ देवदहका अध्यक्ष दिलमाया सिंजाली लगायतले बोल्दै हक र अधिकारको लागि सम्पूर्ण आदिवासी जनजातिहरु एक जुटहुनु पर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा नेवाः पुचः देवदहले लाखे नाच, थारु कल्याणकारिणी सभाले झुमडा नाच, कुमाल सेवा समाजले जातीय पहिचानको नृतत्य प्रदर्शन गरिएको थियो भने गुरुङ्ग र मगर समुदायले जातीय संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । महासंघका कोषाध्यक्ष नविन श्रेष्ठको स्वागत, थमबहादुर बुढाथोकी र रमा कुमालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी