A+ A A-

लक्ष्मी मावि पाल्पाले विद्यालय वरिपरी बृक्षारोपण गर्यो

देव पचभैया

पाल्पा, साउन २३ - लक्ष्मी मा.वि तानसेन ५ बन्दी पोखरा पाल्पाले विद्यालय वरिपरी बृक्षारोपण गरेको छ ।

जुनियर रेडक्रस सोसाईटीका संयोजक युवराज पंगेनीको नेतृत्वमा वृक्षरोपण गरिएको हो । विद्यालय क्षेत्रमा ६ प्रकारका विरुवाहरु रोपिएका हुन् । कपुर, दाल चिनी , कटहर , अम्वा, धुपिसल्ला, सित्तल चिनी लगाएका बिरुवा रोपिएको बिधालयका शिक्षक खुम प्रसाद सारुले जानकारी दिनुभयो ।

बृक्षारोपणका लागि जिल्ला वन कार्यालय पाल्पाले विरुवा उपलब्ध गराएको हो । वृक्षारोपण कार्यक्रममा कक्षा ६ देखि १० सम्मका २ सय बढि विद्यार्थी र शिक्षकको सहभागीता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी