A+ A A-

मौसमी रुघाखोकीले पाल्पामा पाच जनाको मृत्यु/डाक्टर भन्छन् आत्तिनु पर्दैन, साबधानी अपनाउनुपर्छ

देब पचभैया

पाल्पा, साउन २३ - मौसमी रुघाखोकीकै कारण पाल्पामा ५ जनाको ज्यान गएको छ । अत्यधिक ज्वोरो आएपछि उपचारका लागी अस्पताल भर्ना भएकाहरुको मृत्यु भएको हो । तानसेन, प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गराएका मदाने १ गुल्मीकी १६ बर्षिया अनिता बिष्टको साउन ६ गते, रैनादेबी १ सिद्धेश्वर पाल्पाका ६५ बर्षिय मान बहादुर कुमालको १४ गते, , माथागढी ३ कसेनी पाल्पाका २८ बर्षिया चन्दा रानाको १९ गते, माथागढी ४ झडेवा पाल्पाका ६७ बर्षिय बसन्ती कुवरको २० गते  र माथागढी ३ कसेनीकै ७४ बर्षिय मान बहादुर चिदिको उपचारको क्रममा शनिबार काठमाण्डौमा ज्यान गएको हो ।

ज्वोरोकै कारण प्रभास मेडिकल कलेजमा भर्ना भएकी मदनपोखरा पाल्पाकी २१ बर्षिया निरमा सारुलाई शुक्रबार हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको छ । प्रभासमा मौसमी रुघाखोकीका समस्या भएका केही बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालका डाक्टर बालकृष्ण कालाखेतीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी माधब ज्ञवालीका अनुसार मृत्युको यकिन कारण खुल्न नसकेपनि एक बिरामीको काठमाण्डौ टेकु स्थित केन्द्रिय प्रयोग शालामा ल्याब परिक्षण गर्दा मौसमी रुघाखोकी भएको भेटिएको छ । स्वाइन् फ्लुले ज्यान गएको भन्ने हल्लाको पुष्टी नभएको भन्दै सुचना अधिकारी ज्ञवालीले पाल्पा बाट अन्य ८ जना बिरामीको पनि ल्याब परिक्षणका लागी केन्द्रिय  प्रयोग शालामा पठाएकोले त्यसबाट आउने रिपोर्टका आधारमा मात्रै थप कुरा पुष्टी हुने बताउनुभयो ।  १५ दिनकै बिचमा उपचारको क्रममा प्रभासमा चार र त्यही बाट रिफर गरिएको एक बिरामीको काठमाण्डौमा ज्यान गएपछि पाल्पामा नकारात्मक हल्ला फैलिएको भन्दै स्वास्थ्य कर्मीहरुले चिन्ता जनाएका छन् । सामान्य रुघाखोकी, ज्वोरो लगाएत स्वास्थ्यमा समस्या आउना साथ तुरुन्त अप्पताल जाने र घरमै आराम गर्नेहो भने अहिलेको स्वास्थ्य समस्या आफै निको पनि हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर उमाशंकर प्रसाद चौधरीले हल्लाको पछि नलागेर सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । मौसमी रुघाखोकीको समस्या थपिदै गएपछि जिल्लाका नागरिक अगुनाले पनि समस्या समाधानका लागी सबै जिल्ला बासी एक ठाउमा उभिनुपर्नेमा जोड दिएका छन् ।

डराउनुपर्दैन: उपचारमा संलग्न डाक्टरहरु
पाल्पामा फैलिएको मौसमी रुघाखोकी बाट अहिल्यै आत्तिनु पर्ने अवस्था नभएको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् । लुम्बिनी मेडिकल कलेज पाल्पाका डाक्टर बालकृष्ण कालाखेती र डाक्टर महेश शर्माले स्वास्थ्यमा समस्या आउना घरमै नबसेर अस्पताल जान र आराम गर्न सबै संग आग्रह गर्नुभयो । श्रीनगर पत्रिका संगको कुराकानीमा डाक्टर कालाखेती र शर्माले मौषमी रुघाखोकीका बारेमा जिल्लामा अनाबश्यक हल्ला फैलिएको भन्दै सबै जिल्ला बासी एक भएर समस्या समाधानका लागी जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

आत्तिनुपर्दैन सजक हुनुपर्छ : डाक्टर महेश शर्मा
अहिले १०/१२ दिनमा एकै थरीका लक्षण भएका  विरामीहरु अस्पताल आएका छन् । उनीहरुको लक्षणमा खोकी लाग्ने , घाटी खसखस हुने त्यसपछि ८ दिन ९ दिनमा श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा भर्ना गर्नुपर्ने अवस्था छ । त्यसपछि भेन्टिलेटरमा राख्छौ । भेन्टिलेटरमा राखेको १/२ दिनमा मृत्यु हुने समस्या भएको छ । 

कसरी यस्तो समस्या भएको होला ?
यो भाइरल हुने मौसम भएकाले मौसमले पनि कुनै भाइरसको संक्रमणले यस्तो भएको हुन सक्छ । तर आत्तिनु पर्दैन, यकिन गर्नका लागी  ८/१० वटा सेम्पलहरु टेकु पठाएका छौ । त्यसको रिपोर्ट आएपछि के भएको हो भनेर एकिन हुनेछ ।
अहिलेको भाइरल इन्फेक्सन चाडै सर्ने भएकाले समस्या भएको हो । खास समस्या के हो भने विरामीले सामान्य रुघखोकी त हो भनेर एक हप्ता सम्म  मेडिकल पसलको औषधीहरु खान्छन् त्यसले कन्ट्रोल त गर्दैन अनि एकै चोटी एक हप्ता पछि अस्पतला जादा  जीउमा भाइरसको लोड बढी सकेको हुन्छ । त्यसले गर्दा पनि उपचारमा समस्या भएको हो ।

प्रभासकै मेडिकलमा १५ दिनमै ५ जनाको मृत्यु भयो , कसरी ?
मैले भने जस्तै उनीहरु एक हप्तापछि आउँछन । हस्पिटलमा आउँदा उनीहरुको एक्सरेमा पुरै निमोनियाहरु देखिएको हुन्छ । स्वास प्रश्वासमा समस्या हुन्छ । हामीले मेसिनमा राख्छौ उनीहरुको प्रेसर पनि मेन्टेन हुदैन । अर्थात बिरामीको उपचारमा जटिलता आउन सक्छ । उनीहरुको  अवस्था राम्रो हुँदैन,  विस्तारै पिसाव पनि कम हुदै जान्छ र मृत्यु हुन्छ ।

छोटो समयमै बिरामीको ज्यान गए पनि अस्पतालले जुन रुपमा गम्भीर बन्नुपर्ने हो त्यो भएन भन्छन् नि ?
त्यो केवल आरोप मात्रै हो । हाम्रो डाटा हेर्नु भयो भने तपाई क्लीयर हुनुहुन्छ । एक्सपाएर भएको १९ र २० मा । एउटा १४ र एउटा १९ मा हो । हाम्रो तर्फबाट हामीले गर्नुपर्ने सबै काम गरेका छौ । एउटा विरामीलाई म आफैले हेलिकप्टरमा काठमाण्डौ लगेर फर्किएको पनि छु । त्यसैले हाम्रो तर्फबाट कुनै पनि कमजोरी भएको छैन । हामीले गर्न सक्ने सबै काम गरेका छौ ।

स्वास्थ्यमा देखिएको अहिलेको समस्याबाट बच्च के गर्नुपर्छ ?
यो भाइरल इन्फेक्सनमा को रिक्समा छन । त्यो थाहा पाउनु पर्ने हुन्छ । जस्तै ५ वर्ष भन्दा मुनिका बच्चा । बृद्ध ६५/७० वर्ष भएको जसको रोगप्रतिरोधात्मक क्षमतामा कमी हुन्छ । टिबीका विरामी, एचआइभीका विरामी, नियमित औषधि खानु पर्ने बिरामीहरु । जस्तो डाइवेटिज जस्ता बिरामीहरु ब्ढी जोखिममा हुन्छन् । खासमा हामीले बच्नको लागि पहिला आफ्नो सुरक्षा आफै गर्नु पर्छ ।

सावुन पानीले हात धुने, हाछ्यु गर्दा मुख छोप्ने किन कि एक चोटी हाछ्यु गर्दा तपाईको एक हजार बढी  भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जान सक्छ । अर्को कुरा कसैलाई ज्वरो, रुघाखोकी छ, जीउ दुख्छ, टाउको दुख्छ भने अस्पताल गएर घरमै आराम गर्नुपर्यो । मान्छेको भिडमा नजाने, माक्स प्रयोग गर्ने लगाएतका साबधानी अपनाउनु पर्छ । मेन कुरा चाही अहिलेको भाईरलको उपचार छ । तर रोगको कारण  पत्ता लाग्नु पर्छ । त्यसै औषधि दिने कुरा आएन । त्यसैले अहिलेको  भाइरलको स्याम्पल हामीले टेकुमा पठाउँछौ  । टेकुबाट यो हो भन्ने भएपछि हामीसँग भएका औषधीहरु प्रयोग गर्ने हो । बिश्व स्वास्थ्य संगठनका साथीहरु यहा आएर पनि एन्टिबाइटिकहरु दिएर जानु भएको छ । विरामीको रिपोर्ट आएपछि एन्टीभाइरल सुरु गर्छौ  ।

अहिलेको समस्या आफै हराउन पनि सक्छ: डाक्टर बालकृष्ण कालाखेती
कहिले काही रोगको प्रकार नै त्यस्तो हुन्छ । भाइरल इन्फेक्सन कसरी हुन्छ त्यस कुरामा पनि फरक पर्छ । कति पय रोगको उपचार गर्दा गर्दैको क्रममा पनि अरु थप जटिलताहरु आउँन सक्छन् । कुन चाँही भेराइटीको फ्लु हो ल्यावले कम्फम्  नगर्दासम्म भन्न सकिदैन । यो भन्दा अगाडि २००९ मा देखिएको समस्या  स्वाइनफ्लु थियो । त्यस पछाडि अर्को पान्डेमिक गराउँने अरु फ्लुहरु खासै  आएका छैनन । तर त्यही बेलामा पनि भाइरसको स्टक्चर पनि थोरै चेन्ज हुँदै आएको हो । यो स्वाइनफ्लु संग मिल्दो मात्रै भएको पनि हुन सक्छ ।  यसको औषधिहरु पनि वर्षै पिच्छ चेन्ज भइ राख्छन् । आज यो वर्ष एउटा फ्लु आयो त्यसको औषधि बन्यो अर्को वर्ष आउने अर्को फ्लु हुन्छ ।  भाइरसको स्टक्चर त्यो अनुसार बन्ने औषधिहरु पनि चेन्ज गरिराख्नु पर्ने हुन्छ  र सबै अप्टुडेट भइराख्न सक्दैन । सबै जिल्ला वासीलाई मेरो आग्रह छ यसलाई धेरै ठूलो हल्ला खल्लाको रुपमा पनि जान जरुरी छैन । यो साधारण रुघाखोकी जस्तै हो । तर यदी ८/१० दिन सम्म पनि कन्ट्रोल भएन भने श्वास फेर्न गाह्रो भयो भने हस्पिटल जानुस् । झोलिलो खानेकुराहरु बढी प्रयोग गर्नुस । बाहिर ननिस्कने र घरमै बस्ने ,  परिवारको सदस्यसँग पनि कम घुलमिल हुनु नै यस बाट बच्ने उपाय हो ।

अहिले बिधालय र भिडभाड हुने कार्यालय पनि बन्द गर्नुपर्ने आवाज उठेको छ नि ?
त्यसो गर्नुपर्ने अवस्था आएको छैन । बच्चालाई रुघाखोकी छ भने हप्ता दिन स्कुल नजाने केही हुदैन  । तर स्कुल नै बन्द गर्नुपर्ने अवस्था आएको छैन । आयो भने पनि जिल्ला जनस्वास्थ्य कार्यालयले समन्वय गर्न सक्छ । उसले खबर गर्न सक्छ ।

फेरी बर्षात पछि पर्ने झरीको सिजनमा यस्ता भाइरलहरु अवश्य फैलिन सक्छन् । यो त आफै हट्दै जान सक्छ । फेरी समस्या ह्टाउन औषधी नै आवश्यक भन्दा पनि आराम र सचेत जरुरी छ । आत्तीनु पर्दैन । हल्लाको पछि पनि लाग्नु पर्देन ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी