A+ A A-

गोरे बहादुर खपाङ्गी फाउण्डेसनको दोस्रो साधरण सभा सम्पन्न

संजय सिंजाली मगर
Image may contain: 3 people, people sitting, table and indoor

 काठमाण्डौं साउन २१ - गोरे बहादुर खपाङ्गी फाउण्डेसनको दोस्रो साधरण सभा सम्पन्न भएको छ ।

फाउण्डेसनको अध्यक्ष हुम बहादुर पचभैया थापा मगरको अध्यक्षतामा प्रमुख अतिथि नेपाल मगर संघका पूर्व अध्यक्ष क्या. यम बहादुर बढाथोकी मगर र बिशेष अतिथि नेपाल मगर सघकै पूर्व कोषध्यक्ष क्या. कुल प्रसाद पुन मगर हुनुहुन्थ्यो । अन्य अतिथीमा जित बहादुर सिंजाली प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगर, काठमाण्डौं महत्तरी मगर समाजका अध्यक्ष सुन्दर बलामपाकी मगर, मोहन बलामपाकी मगर, नेपाल मगर संघका केन्दीय कोषध्यक्ष कमला थापा मगर, मगर संघकै उपाध्यक्ष गंगा खासु मगर, बर्दिया मगर संघका पूर्व अध्यक्ष टोप सारु स्व. खपाङ्गी पूत्र शिलाजित खपाङ्गी मगरले फाउण्डेशनको साधरण सभामा आ-आफ्नो शुभकामना दिनु भएको थियो ।

फाण्डेशनका उपाध्यक्ष रुद्र गुर्मछान मगरले स्वागत मन्तव्य सहित संस्थाको प्रगति बिवरण र कोषाध्यक्ष के.वि राना मगरले चुस्त दुरस्त र पार्दसि लेखा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव भाबेश भूमरिले संचालन गर्नु भएको थियो । अध्यक्ष पचभैयाले प्रगति प्रतिवेदन र भावी कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।

भदैं ११ गते स्व. खपाङ्गी प्रथम बार्षिकी मनाउने देखि खपाङ्गीको सडक दुर्घटना समाहीत सम्मको लेखजोगा गरि त्यस भित्र भएका खपाङ्गी संम्बन्धी घटना परिघाटनामा आधारीत लेख लेखी मुखपत्र प्रकाशन गर्ने, खपाङ्गी जिवनका आधारित बृत्तचित्र निर्माण गर्ने, खपाङ्गीको नाममा रहेको जग्गामा भवन निर्माण गर्ने, भवन भित्र खपाङ्गीको संग्राहलय राख्ने, पुस्तकालय खोल्ने, सरकार संग सहयोग माग गर्ने लगाएतका कुराहरु राख्नु भएको थियो ।

मन्तव्यको क्रममा बोस्टन मगर समाजले पठाउने यूएस डलर एक हजार प्रथम बार्षीक तिथीको दिन उहाको संम्झनामा खपाङ्गी शिक्षा पुरस्कार घोषण र बितरण गर्ने लगाएतका बारे फाउण्डेशनका अध्यक्ष थापाले बताउनु भयो । यस दोस्रो साधारण सभामा अतिथिहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।


फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
गोरे बहादुर फाउण्डेशनको दोस्रो साधरण सभाको फोटो झलकः.

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी