A+ A A-

देवदह नगरपालिका वडा नं ७ को प्रथम वडा बैठक शितलनगरमा सम्पन्न

गोविन्द घर्ती

साउन २० । देवदह नगरपालिका वडा नं ७ को प्रथम वडा बैठक शितलनगरमा सम्पन्न भएको छ ।

बैठकले देवदह नगरपालिकाले तोकेको ३५ लाख भित्र रहेर वडाको समस्या समाधान गर्न नसकिने भएकोले कम्तिमा ७० लाख बजेट विनियोजन गर्न नगरपालिका संग माग गर्ने निर्णय गरेको छ । वडा कार्यालयले गर्ने योजनाहरु धेरै हुने र नगरपालिकाले तोकेको रकमले सम्वोधन गर्न नसकिने भएकोले थप गर्न नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको वडा अध्यक्ष पदम थापाले बताउनु भयो । त्यसैगरी बैठकले लागुऔषध नियन्त्रण, सुर्तीजन्य पदार्थ र माधकपदार्थ न्यूनिकरणको लागि कार्यविधि तयार गरी अगाडि बढ्ने निर्णय गरेको छ । कार्यविधि निर्माण गर्न वडा सदस्य धुव्र खरेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरको छ । जसको सदस्यहरुमा सरस्वती पोखरेल, माया शेरचन, त्रिलोचन दहाल, दिपेश वस्याल रहनु भएको छ ।

समितिले १५ दिन भित्र कार्यविधि तयार गर्ने गरी समय निर्धारण गरिएको तयार गरिएको कार्यविधि माथि व्यापक छलफल गरी कार्यान्वयन तर्फ लैजाने वडा अध्यक्ष थापाले बताउनु भयो । लागुऔषध, सुर्तीजन्य पदार्थ र माधकपदार्थ सेवनका कारण समाजमा अनैतिक कृयाकलाप हुने गरेकोले त्यसलाई रोक्न कार्यविधि तयार गरेर अगाडि बढ्न लागेको संयोजक खरेलले बताउनु भयो ।
वडा अध्यक्ष पदम थापामगरको अध्यक्षतामा बसेको बैठकले वडा तथा देवदह क्षेत्रमा अनिमियत तरिकाले विद्युत कटौती हुने गरेकोले विद्युत समस्या समाधानको लागि विद्युत कार्यालयमा डेलिगेसन जाने निर्णय गरेको छ ।
बैठकले वडामा रहेको हरेक बाटोको नामाकरण गर्ने निर्णय गरेको छ ।
बैठकमा वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, वडा नं ८ का वडा अध्यक्ष डण्डपाणी भट्टराई, बोर्ड सदस्य बन्धु कुमाल, वडा सदस्यहरुको उपस्थिती रहेको थियो । वडा सचिव मित्रबहादुर थापाको संचालनमा बैठक सम्पन्न भएको थियो । 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी