A+ A A-

मगर सांस्कृतिक संघ कास्कीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

रूद्र श्रीसमगर
Image may contain: 13 people, people sitting and indoor

पोखरा, साउन १८ - नेपाल मगर सांस्कृतिक संघ कास्कीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै संघका केन्द्रीय सदस्य पदम थापामगरले नेपाली कला, संस्कृतिको प्रवद्र्धनमा मगर जातिको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । ‘नेपाली कला, संस्कृतिको मूल जरो भनेकै मगर जातिको कला, संस्कृति हो’, थापामगरले भन्नुभयो, ‘नेपाली गीत, संगीतलाई उचाइमा पुर्याउन मगर जातिको महत्वपूर्ण देन छ ।’

मगर कलाकारहरूले मगर जातिको भाषिक, सांस्कृतिक पहिचानको संवद्र्धन गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताउँदै थापामगरले कलाकारले गीत गाउने र नाच्ने मात्र नभइ समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निभाउनु जरुरी रहेको बताउनुभयो । ‘मगर कलाकारहरूले गीत गाउने र नाच्ने मात्रै होइन’, उहाँले भन्नुभयो, ‘मगर कलाकारहरू समाज रुपान्तरणको संवाहक बन्नुपर्दछ ।’
Image may contain: 6 people, people sitting

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले मगर कला र संस्कृतिको प्रवद्र्धनका लागि मगर कलाकारहरूले नेतृत्व लिनुपर्ने बताउँदै मगर जातिको मौलिक पहिचान हराउँदै जान थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो । टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष एवं म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगरले गीत, संगीत र म्यूजिक भिडियो निर्माण गर्दा नेपाली मौलिकतालाई मर्न दिन नहुने भन्दै मगर कलाकारहरूले अन्य कलाकारभन्दा फरक पहिचान सहित आफूलाई स्थापित गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । रेडियो सफलताकी सञ्चारकर्मी कुमारी बुढामगरले मगर कलाकारहरू समेत संगठित भएको देख्दा आफूलाई खुशी लागेको बताउँदै सबै कलाकारहरूले व्यवसायिकताका साथमा आफ्नो सामाजिक दायित्व भुल्न नहुनेमा जोड दिनुभयो ।

साधारणसभाले सचिव सुरज थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमा रानामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ । नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता सारूमगरले स्वागत गर्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी