A+ A A-

सरनवारी जानेबाटो ठाडोखोलामा पुल नहुदा बर्षायाममा देवदहबासीलाई सास्ती

गोविन्द घर्ती
Image may contain: outdoor, nature and water

साउन १५ । रुपन्देहीको देवदह–६, सरनवारी जानेबाटो ठाडोखोलामा पुल नभएका कारण बर्षायाममा स्थानीयवासी सास्ती भोग्न वाध्य भएका छन् ।

बर्षायाममा पानी परेपछि बाढी आउने र बाढीले सरनजाने बाटो बगाउने गरेपछि स्थानीयवासीले सास्ती भोग्न वाध्य भएका हुन । बर्षातको समयमा पानी परेपछि स्थानीवासीहरु बजार जाने र फिर्ता हुनको लागि खोलामा बाढी आएपछि घण्टौ कुर्नुपर्ने वाध्यता रहेको छ । कतिपय अवस्थामा खोलाको बाढीको कारण चारपाच घण्टा सम्म बाटोमा एक्लै वस्नु पर्ने वाध्यता रहेको देवदह–६, सरनवारीका स्थानीयवासी तारा रानाको भनाई रहेको छ ।

सरनवारीमा आधारभूत विद्यालय मात्र रहेको कारण माध्यमिक र उच्चा शिक्षाको लागि शितलनगर–खैरेनी, बुटवल जानुपर्ने भएकोले बर्षातको समयमा विद्यालय जान र आउन समेत समस्या हुने गरेको विद्यार्थीहरुको भनाई रहेको छ । पानी परेपछि आउने वाढीका कारण विद्यालय गएका छोराछोरीहरुको चिन्ता अभिभावकमा थपिने गरेको छ । कतिपय अवस्थामा ठूलो बाढी आउदा खोला तर्दा बगाउने हो कि भन्ने अभिभावकहरुलाई चिन्ताले बर्षात भरी नछोड्ने स्थानीयवासीको भनाई रहेको छ । खोलामा बाढी आएपछि विद्यार्थीहरु समयमा विद्यालय पुग्न नसक्ने र पढाई छुट्ने गरेको अभिभावकको भनाई रहेको छ । देवदह नगरपालिका विकासले फड्को मारेको भनिएपनि सरनवारीलाई भने विकासले छुन नसकेको स्थानीयवासी मानबहादुर गाहाको भनाई रहेको छ । बाटो मर्मतको लागि देवदह नगरपालिकाले गत बर्ष ५० हजार विनियोजन गरेपनि पहाडी क्षेत्रमा उक्त रकमले कुनै काम गर्न नसकिने गाहाको भनाई रहेको छ ।

अर्गानिक उत्पादन क्षेत्रको रुपमा समेत परिचित सरनवारी जाने बाटोलाई दीगो रुपमा विकास गर्न देवदह नगरपालिकालाई पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको खड्कबहादुर सिंजालीको भनाई रहेको छ । सरनवारी जाने बाटोमा पर्ने ठाडो खोलामा जव सम्म पक्की पुल निर्माण नभएसम्म समस्या समाधान नहुने स्थानीयवासी धनबहादुर रानाको भनाई रहेको छ । सरनवारीमा अर्गानिक तरकारी खेती उत्पादन भएपनि उत्पादन भएका तरकारीलाई बजार सम्म लैजान बाटोको समस्या हुने गरेको कृषकहरुको भनाई रहेको छ ।

नगरपालिकाले सरनवारीलाई अर्गानिक तरकारी उत्पादन क्षेत्र र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनिएपनि बाटो नभएको कारण सो काम संभव नभएको स्थानीयवासी लालवीर ठाडाको भनाई रहेको छ । सरनवारी जाने बाटोको समस्यालाई अवका दिनमा दीगो रुपमा समाधान गर्दै जाने र सोका लागि नगरपरिषदबाट पास गरेर अगाडि बढ्ने वडा सदस्य खेमबहादुर थापाको भनाई रहेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी