A+ A A-

चुरेको माटो चुरेलाई सफा पानी सवैलाई

गोबिन्द घर्ती मगर

असार २ । चुरेको माटो चुरेलाई सफा पानी सवैलाई भन्ने नाराका साथ तेश्रो चुरे दिवस–२०७४ रुपन्देहीको देवदहमा समेत मनाईएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना र गाउ वन समन्वय सञ्जाल रुपन्देहीको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले दिवसलाई दिवसको रुपमा मनाउनु भन्दा पनि कार्यान्वयन गर्न तर्फ सवै लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न सवै आ–आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।
गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालय शितलनगर सहायक वन आधिकृत सतेन्द्र नारायण सिंह, शिवनलगर ईलाका वन कार्यालयका जयप्रकाश गुप्ता, शिवालय सामुदायिक वनका वासुदेव रिमाल, पत्रकार त्रिलोचन दहाल, जनप्रिय सामुदायिक वनका सचिव रुका सापकोटा, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खडक बहादुर विक, माओवादी केन्दूका टिकाराम भूषाल लगायतले बोलेका थिए ।
सो अवसरमा वनको संरक्षण र सम्वद्र्धनमा विशेष योग्दान दिएको भन्दै जनप्रिय सामुदायिक वन, रोहिणी सामुदायिक वन र सृष्टि सामुदायिक वनलाई सम्मान गरिएको थियो । त्यसैगरी चुरे सम्वन्धी सामुदायिक विद्यालयहरु वीच भएको हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा युगज्योति मावि प्रथम, महामाया भवानी मावि द्धितिय, जनप्रिय मावि तृतिय भएको थियो । शितलनगर ईलाका वन कार्यालयका प्रमुख कृष्ण ज्ञवालीको स्वागत र रेञ्जर वसन्त दहालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी