A+ A A-

देवदहमा एमालेको घरदैलो कार्यक्रम तिव्रता/बिकासका लागि एमालेलाई जिताउनु पर्ने

गोविन्द घर्ती

जेठ २९ । नगरपालिकाको रुपमा स्तर बृद्धिभए पनि विकासको हिसावले पछाडि रहेको देवदह–११, १२ को विकासको लागि आफु प्रतिवद्ध भएर लाग्ने नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम चापागाईले बताउनु भएको छ ।

उहाले वडा नं ११ र १२ को विकासको लागि आफुले पहिलो प्राथमिकता साथ अगाडि बढाउनेमा जोड दिएका थिए । अधिवक्ता समेत रहनु भएका चापागाईले देवदहलाई कृषि, पर्यटन र प्रवद्र्धनको रुपमा विकास गर्न आफु लगायत नेकपा एमाले सदैव प्रतिवद्ध भएर लाग्नेमा जोड दिनु भएको थियो । नेकपा एमाले देवदह–११/१२ मा घरदैलो कार्यक्रमको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । सो अवसरमा स्थानीय आम नागरिकले वडामा भएको खानेपानी, बाटो, नदीकटान जस्ता समस्याहरुलाई समाधान गर्न आग्रह गरेका थिए ।

Image may contain: 1 person, smiling, standing and outdoor

उनीहरुले विकासको हिसावले नेकपा एमाले अगाडि भएकोले नगरपालिकामा एमालेको नेतृत्व आवश्यक रहेकोले एमालेको उम्मेदवारलाई विजयी बनाउन आफुहरु प्रतिवद्ध रहेकोमा जोड दिएका थिए । नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम चापागाई, उपमेयरका उम्मेदवार विद्यालक्ष्मी गुरुङ्ग, वडा अध्यक्षका उम्मेदवार अजय गुप्ताले आमनागरिक समक्ष घरुदैलो कार्यक्रमलाई तिव्रता दिईरहेको छ । घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, उम्मेदवार, शुभचिन्तकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी