A+ A A-

बागलुङ समाज सहकारीका शेयर सदस्यलाई क्षमता अभिवृद्धि तालिम

रूद्र श्रीसमगर

पोखरा, जेठ २७ - पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, नागढुंगास्थित बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई एक दिने सहकारी सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएको छ ।

शनिबार आयोजित तालिममा सहभागी ७० जना शेयर सदस्यलाई जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष सुदीप ढकालले सहकारीसम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक उपाध्यक्ष भानुभक्त शर्मा कँडेलले सहकारीसम्बन्धी क्षमता अभिवृद्धिका लागि तालिम अपरिहार्य रहेको बताउनुभएको थियो ।

सहकारीकी अध्यक्ष शान्ता गिरीको अध्यक्षतामा भएको तालिमको सञ्चालन सचिव कमलपति पौडेल तथा उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक कमला गिरीले स्वागत गर्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी