A+ A A-

३ बर्षेमै ३० पाल्पालीको बिदेशमा मृत्यु

देव पचभैया

पाल्पा, जेठ २६
तीन बर्षको अवधीमै ३० जना पाल्पालीले बिदेशमा ज्यान गुमाएका छन् । घाइते र अंगभंग हुनेको रेकर्ड छैन । विदेशमा मृत्यु भएका परिवारलाई मृतकले काम गर्ने कम्पनीले परराष्ट्र हुदै जिल्ला प्रसासनमा पठाएको क्षतिपुर्तिको विवरण अनुसार ३ बर्षमै ३० पाल्पालीको मृत्यु भएको तथ्यांक भेटिएको हो ।
परदेशमा ज्यान गुमाएका, घाइते र अंगभंग भएकाको सख्या अझै धेरै हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार आर्थिक बर्ष २०७१/०७२ मा ९ जना, २०७२/०७३ मा ११ जना र २०७३/०७४ मा १० जना विदेशमा ज्यान गुमाएका पाल्पालीको क्षतिपुर्ति वापतको रकम जिल्लामा आएको छ ।

यो त क्षतिपुर्ति आएकाको मात्रै संख्या हो, प्रमुख जिल्ला अधिकारी बावुराम गौतमको भनाइ थियो । क्षतिपुर्ति नपाएकाको संख्या जोड्दा ज्यान गुमाउनेको संख्या झन धेरै हुन सक्छ । कामका लागी भारतमा पनि धेरै पाल्पाली गएका छन् तर त्याहाको तत्यांक प्रशासनमा आएको छैन ।

विदेशमा कति पाल्पाली गएका छन् भन्ने यकिन जानकारी नभएजस्तै कतिको मृत्यु भएको छ भन्ने कुरापनि जिल्लामा जानकारी छैन । जानकारहरुका अनुसार भाषा, रहनसहन र तालिम बिनै विदेशमा जादा यति धेरैले ज्यान
गुमाउनु परेको हो । ज्यान गुमाउने अधिकांश सडक दुर्घटना र स्वास्थ्यमा समस्या आएकाहरु बढी छन् ।
कलकारखानामा च्यापिएर घाइते हुने र खानपान र रहनसहनमा ध्यान नदिदा पनि धेरै नेपालीको विदेशमा मृत्यु भैरहेको छ । मृत्युहुने अधिकांश खाडीमुलुकमा गएका र शहर र आसपासका क्षेत्रका भन्दा पाल्पाका ग्रामिण बस्तीका युवाहरु धेरै रहेका छन् ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी