A+ A A-

पुर्व पश्चिम लोकमार्गमा फोहोरका कारण दुर्गन्धीत बन्दै

गोविन्द घर्ती

जेठ २६ । पुर्व पश्चिम लोकमार्गमा फोहोरका कारण दुर्गन्धीत भएपछि देवदह नगरपालिका र बुटवल उपमहानगरका प्रतिनिधिहरुले अवलोकन गरेको छ ।

बुटवलबाट निस्कने फोहोर मैला देवदह क्षेत्रको लोकमार्गमा फाल्ने गरेका कारण दिन प्रदिन दुर्गन्धीत बन्दै गएको छ । बुटवलको औद्योगिक तथा बजार क्षेत्रबाट निस्कने फोहोर मैला सहि तरिकाले व्यस्थापन नगरी देवदह क्षेत्रमा ल्याएर जथाभावी फाल्ने गरेका कारण पुर्व पश्चिम लोकमार्गमा दुर्गन्धीत बन्दै गएको हो । बुटवल नगरपालिकाले केही समय देवदहको चरेङ्गेमा डम्पिङ्ग साईड निर्माण गर्न खोजेपनि देवदह नगरपालिकाको विरोधका कारण डम्पिङ्ग बन्न सकेको छैन । तर बुटवल क्षेत्रबाट निस्कने फोहोर मैला देवदह क्षेत्रको लोकमार्गलाई डम्पिङ्गको रुपमा प्रयोग गर्दै आईरहेको छ ।

सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले लोकमार्गमा फोहोर फाल्नेलाई कानुनी कार्वाही गर्ने गरी दुवै नगरपालिका अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । दुवै नगरपालिकाका प्रतिनिधि वीच लोकमार्ग क्षेत्रमा जसले फोहोर फालेपनि कानुनी कार्वाही गर्न सहमत भएका छन् । त्यसको लागि रामननगर वडा प्रहरी कार्यालयलाई निगरानी गर्ने जिम्मेवारी दिईएको छ ।

फोहोर मैला सहित पक्राउ गरिएका सवारीसाधनलाई कानुनी कार्वाही गर्ने सो वापत प्राप्त रकमको कम्तिमा ३० प्रतिशत पक्राउ गर्ने प्रहरीलाई प्रदान गर्ने सहमति भएको अधिकृत नेपालले बताउनु भयो । अहिलेको अवस्थामा पुर्व पश्चिम लोकमार्गमा फोहोर मैलाका कारण हिड्ने अवस्था नरहेको त्यसक्षेत्रमा फाल्ने फोहोर मैला तत्काल व्यवसथापन गर्नुपर्ने स्थानीयवासीहरुको भनाई रहेको छ । अवलोकन कार्यक्रममा देवदह नगरपालिकामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी