A+ A A-

बागलुङ समाज सहकारीको रक्तदानमा ३० युनिट रगत संकलन

रूद्र श्रीसमगर

पोखरा, जेठ २३ - बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

मंगलबार बिहान सिर्जनाचोकमा आयोजित रक्तदान कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठले पहिलो रक्तदाता पार्वती सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात गर्नुभएको थियो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम सहकारीका अध्यक्ष शान्ता गिरीको अध्यक्षता, उपाध्यक्ष सावित्री शर्माको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी