A+ A A-

देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दलहरुले घरदैलोलाई तिव्रता दिईरहेको छ

गोविन्द घर्ती

जेठ २३ । दोश्रो चरणको स्थानीय तहको निर्वाचन नजिकदै गर्दा रुपन्देहीको देवदह नगरपालिका निर्वाचनमय बन्दै गएको छ ।

देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दलहरुले घरदैलोलाई तिव्रता दिईरहेको छ । सम्पूर्ण राजनैतिक दलहरुले मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको नामावली टुङयाए पछि घरदैलो र भेटघाटलाई तिव्रता दिईरहेको छ ।

राजनैतिक दलहरुको चुनावी प्रचार प्रसारलाई तिव्रता दिए संगै देवदह क्षेत्र निर्वाचनमय भएको हो । केही राजनैतिक दलहरुले निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन एवं आमनागरिक संग घेटघाट र घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।

नेपाली काग्रेसले मेयर पदमा पार्टीका क्षेत्रीय सभापति हिरा केसीलाई मेयर पदको उम्मेदवार दिएको दिएको छ भने उपमेयरको नामावली सार्वजनिक गरेको छैन । त्यसैगरी नेकपा एमालेले क्षेत्रीय कमिटिीका सदस्य टिकाराम चापागाईलाई मेयर पदको उम्मेदवार र देवदह नगर कमिटीका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्गलाई उम्मेदवार दिएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रिय सदस्य एवं देवदह नगर कमिटीका ईन्चार्ज नमराज पुरीलाई मेयर पदको उम्मेदवार र जिल्ला सदस्य टिका गौतमलाई उपमेयर पदको उम्मेदवारी बनाए संगै घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले नगर कमिटीका अध्यक्ष माधव रिमाललाई उपमेयर उम्मेदवारको रुपमा खडा गरेको छ ।

अन्य साना राजनैतिक दलहरुले पनि मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको नामावली सार्वजनिक गरी चुनावी मैदानमा उत्रेका छन् । निर्वाचन आयोगले असार १४ गते स्थानीय तहको निर्वाचनको समय तोकेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी