A+ A A-

देवदह क्षेत्रमा सरसफाई अभियान

गोबिन्द घर्तीमगर

जेठ २३ । रुपन्देहीको देवदह क्षेत्रमा रहेको लोकमार्ग सरसफाई अभियान शुरु भएको छ । विश्व वातावरण दिवसको अवसरमा देवदह नगरपालिकाले लोकमार्ग क्षेत्रमा सरसफाई कार्यक्रम शुरु गरेको हो । देवदहको चरेङ्गे देखि खैरेनीको कजरार नदी सम्म सरसफाईको शुरुवात गरेको नगरपालिकाले जनाएको छ । सरसफाई कार्यक्रमको शुरुवात गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले लोकमार्गमा भएको अव्यवस्थित फोहोरले देवदह क्षेत्र नै कुरुप भएका कारण लोकमार्गमा सरसफाईको कार्यक्रम शुरुवात गरेको बताए ।
श्रीकृष्णले बुटवलबाट उत्पादन भएको फोहोर मैला देवदह क्षेत्रमा फाल्ने गरेका कारण लोकमार्ग दुर्गन्धित बन्दै गएको बताएका छन । बुटवल क्षेत्रमा उत्पादन भएका फोहोर मैलालाई देवदह क्षेत्रको लोकमार्ग नफाल्न बुटवल नगरपालिकालाई आग्रह गर्ने बताउए । बुटवल क्षेत्रबा निस्कने फोहोर मैलाका कारण लोकमार्ग कुरुप बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै फोहोरलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न आग्रह गरे ।
देवदह नगरपालिका, नेपाल अविनास सामाजिक सेवा संस्था र गाउ वन समन्वय सञ्जाल रुपन्देहीको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम शुरुवात गरेको हो । कार्यक्रममा देवदह नगरपालिकाका कर्मचारी, वडा नागरिक मञ्च, सामुदायिक वनका पदाधिकारी, टोलसुधार समिति लगायतको सहभागिता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी